काठमाडौं । पुरुष वेश्या अर्थात् जिगोलोको पनि काम गरेका विवेक (नाम परिवर्तन)ले १० वर्षसम्म काठमाडौंमा एकजना भारतीय मुलका व्यापारीको घरमा सवारी चालकको काम गरे । उनी व्यापारीलाई कार्यालयसम्म छाड्ने र खाना ल्याउने काम गर्दथे ।

विहान पतिलाई कार्यालयमा छाडेपछि दिनभरी उनी पत्नीको सेवाका लागि पनि खटिन्थे । अहिले ट्याक्सी चलाइरहेका उनी भन्छन्,‘अफिसमा मालिकलाई छाडेपछि घरका लागि सवारी चलाउने काम पनि गरेको थिएँ । योसँगै अन्य गतिविधिमा पनि मलाई मालिक्निले प्रयोग गर्थिन् ।’

विवेकले मालिकको ड्राइभर र मालिक्निको ‘सेक्स ड्राइभर’ बन्नुपरेको थियो । त्यसका लागि उनलाई लुकीछिपी अतिरिक्त आम्दानी पनि हुने गरेको थियो । ‘एक जनाको सेवा त ठिकै थियो । पछि मालिक्निका सर्कलमा रहेका धेरैलाई सेवा दिनुपर्ने भएपछि विरामी बन्ने डर भयो र म भागेर ट्याक्सी चलाउन आएँ ।’, विवेक भन्छन्,‘शारिरीक कमजोरी, पिसावनलीको समस्या पनि देखियो । अहिले यहि व्यावसाय गरेर बसीरहेको छु ।’

लगानी पनि हुने, आम्दानी पनि हुने भएपछि हट्टाकट्टा जवान ड्राइभर, सहयोगी वा सम्पर्क पुरुष भएर उच्च घरानाका महिलाहरूसँग सम्बन्धमा रहने गरेका छन् !

विवेकले दशकसम्म जुन काम गरे त्यसमा अहिले धेरै युवा सक्रिय रहेका छन् । लगानी पनि हुने, आम्दानी पनि हुने भएपछि हट्टाकट्टा जवान ड्राइभर, सहयोगी वा सम्पर्क पुरुष भएर उच्च घरानाका महिलाहरूसँग सम्बन्धमा रहने गरेका छन्।

‘खासमा सहयोगी भए पनि आफ्नो सेक्स सन्तुष्टिका लागि काठमाडौंलगायतका ठाउँमा युवालाई यसरी प्रयोग गरिएको छ’, विवकेको अनुभव छ,‘मेरा कतिपय साथीहरू अहिले पनि यहि काममा व्यस्त छन्।’ प्रायः जिगोलोलाई उच्च धनाड्य परिवारको बेडरुम र सिरानी कस्तो छ भन्नेसम्म थाह हुन्छ । ‘दिनभरीको काम नै सेवा गर्ने हुन्छ । अनि पत्तो लागि हाल्छ नि’, उनी भन्छन् । महिला यौनकर्मीको संख्या उच्च रहेको नेपालका सहरहरूमा पुरुष यौनकर्मीको पनि विभिन्न रूपमा संख्या विस्तार हुन थालेको विभिन्न अध्ययनले देखाएका छन् ।