शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • अञ्जनाका श्रीमान प्रज्ज्वल महतले फेसबुकमा लेखे यस्तो / पढ्नुहोस्

अञ्जनाका श्रीमान प्रज्ज्वल महतले फेसबुकमा लेखे यस्तो / पढ्नुहोस्

  • बिहिबार, जेष्ठ २, २०७६
अञ्जनाका श्रीमान प्रज्ज्वल महतले फेसबुकमा लेखे यस्तो / पढ्नुहोस्

ललितपुर महानगरपालिकाको ढोलाहिटीमा जेठाजुद्वारा बुहारीको हत्या चर्चामा छ। मिडिया देखि सामाजिक संजाल सम्म चर्चा भैरहेको अञ्जना महत हत्या प्रकरण हाल प्रहरी अनुसन्धानकै क्रममा छ।

ललितपुर महानगरपालिका-२६ ढोलाहिटी स्थिति आफ्नै घरमा २५ वर्षीया अञ्जना लामा महतको जेठाजु उज्वल महतले गत हप्ताको बिहिबार खुकुरी प्रहार गरी हत्या गरेका हुन्। जेठाजुले आफ्नै भाइ-बुहारीको हत्या किन गरे भन्ने बारे अहिले सम्म पनि प्रहरीले सार्वजनिक गरेको छैन। मानसिक रोगि समेत भनिएका उज्ज्वल महत माथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

मृतकका माइतीपक्ष र परिवारपक्ष दुवै हत्याको खोजिरहेका छन्। अप्रत्यासित रुपमा अञ्जनाको हत्या भएपछि माइतीपक्ष मात्र नभई परिवारपक्ष पनि ठूलो पिडामा छन्। हत्या गरिएकी अञ्जनाका श्रीमान प्रज्जवल महतले केहि दिन अगाडी सामाजिक संजाल मार्फत आफ्नो पिडा पोखेका छन्। जसमा उनले श्रीमतीको चिर-शान्तिको कामना पनि गरेका छन्।

फेसबुकमा उनी लेख्छन्,

केही दिन अगाडी भएको अप्रत्याशित घटनाले मेरो जीवनमा ठुलो भुँइच्यालो ल्याएको छ र म पूरै स्तब्ध छु। मैले सामाजिक संजालहरु हेर्न पनि सकेको छैन। सबैमा उही एउटै कुरा मात्र थियो र मिडियाहरुलाई पनि म अनुरोध गर्छुकी जथाभावी समाचार नबनाउनु होला, सत्य तथ्य मात्रै बुझेर लेख्नु होला। यो सबै घटनाको अनुसन्धान भैरहेको छ र दोषी माथी कारवाही पनि हुन्छ र अपराधीलाई कडा भन्दा कडा सजाय होस् पनि भन्छु । केही गरि यसमा कसैको मिलेमत्तो छ भने त्यसमा पनि कारवाही हुन्छ । त्यसैले सबै जना आफैँ न्यायाधीश नबन्नु होला । अहिले हामी यस्तो दुखको घडीमा छौँ । म लगायत मेरो परिवार र मेरो ससुराली परिवार पनि।

“मेरो बुढीको आत्माले स्वर्गमा बास पाओस् साथै न्याय पनि

धेरै माया र तिमीलाई जहिले पनि माया गरिरहनेछु बुढी”

चर्चामा

सम्बन्धित समाचार