बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • फिचर
  • कस्तो थियो त्यो कहालीलाग्दो पहिलो विश्वयुद्ध ? कसरी सुरु भयो पहिलो विश्वयुद्ध ? (हेर्नुहोस मुटु काँप्ने तस्विरहरु)

कस्तो थियो त्यो कहालीलाग्दो पहिलो विश्वयुद्ध ? कसरी सुरु भयो पहिलो विश्वयुद्ध ? (हेर्नुहोस मुटु काँप्ने तस्विरहरु)

  • मङ्लबार, बैशाख २४, २०७६
कस्तो थियो त्यो कहालीलाग्दो पहिलो विश्वयुद्ध ? कसरी सुरु भयो पहिलो विश्वयुद्ध ? (हेर्नुहोस मुटु काँप्ने तस्विरहरु)

एजेन्सी | इतिहासअनुसार सन् १९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्यपूर्व (आंशिक रूपमा चीन र प्रशान्त द्वीप समूह) मा चलेको लडाइँलाई ‘पहिलो विश्वयुद्ध’ भनिन्छ । त्यसबेला ती देश तथा क्षेत्रमा जल, थल तथा आकाशमा समेत लडाइँ मच्चिएको ।

उक्त युद्धमा हिसाबै हुन नसक्ने गरी जन तथा धनको क्षति भएको थियो । त्यही भएर नै उक्त लडाइँलाई विश्वयुद्ध भनेर इतिहासमा लेखियो । र, आजसम्म त्यसै भनेर व्याखया गरिन्छ ।

उक्त युद्धको पृष्ठभूमिबारे केही भनिहालौं । इतिहासअनुसार त्यसबेला औद्योगिक क्रान्तिका कारण विश्वका सबैजसो सबै ठूला र शक्तिशाली देशले आफ्नो उद्योगलाई चाहिने कच्चापदार्थ प्राप्त लिन र देशमा मेसिनद्वारा उत्पादित सामान बेच्न संसारका अन्य साना र कमजोर देशलाई उपनिवेश बनाउन खोज्थे ।

समयक्रमसँगै त्यही उद्देश्य हासिल गर्न संसारका थुप्रै देशले सैनिक शक्ति तथा हतियार उत्पादनदेखि भण्डारणमा समेत व्यापक वृद्धि गरे । त्यसक्रममा अनेकौं कुटनीतिक सन्धिसमेत गरियो । त्यही होडबाजीमा ठूला देशबीच अविश्वास र वैमनश्यता बढ्दै गयो । पछि त्यसैले युद्धको बीउ रोप्यो ।

इतिहासअनुसार अस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेन्ड र उनकी पत्नीको हत्या विश्वयुद्धको सानो तर पहिलो कारण थियो । यो घटना २८ जुन, १९१४ मा सेराजेवोमा भएको इतिहासमा उल्लेख छ । एक महिनापछि अस्ट्रियाले सर्बियाविरुद्धको युद्ध घोषणा गर्यो ।

त्यसपछि रूस, फ्रान्स र ब्रिटेनले सर्बियालाई सहयोग गर्न थाले । त्यही बेला जर्मनीले अस्ट्रियालाई सहयोग गर्यो । अगटतमा जापान, ब्रिटेन आदिका तर्फबाट अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए । बिस्तारै त्यसले ठूलो आकार लिँदै गयो ।

पछि यो महायुद्ध युरोप, एसिया अनि अफ्रिका तीन महाद्वीपमा जल, थल तथा आकाशमा भयो । सुरुमा जर्मनीले जित्यो । सन् १९१७ मा जर्मनीले धेरै व्यापारिक जहाजलाई डुबाइदियो । यसले गर्दा अमेरिका ब्रिटेनका तर्फबाट युद्धस्थलमा उत्रियो । र, अवस्था नियन्त्रणभन्दा बाहिर जान थाल्यो ।

तर, रूसी क्रान्तिका कारण रूस यो युद्धबाट पछि हट्यो । सन् १९१८ मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनीलगायत देशलाई परास्त गरे । जर्मनी र अस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१८ मा युद्धको सकिएको थियो । मिरर्स नेपालबाट

कस्तो थियो होला पहिलो विश्वयुद्ध ? हेर्नुहोस दुर्लभ तस्विरहरु :

 

चर्चामा

सम्बन्धित समाचार