बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • फिचर
  • यस्तो थियो ६५ वर्षअघिको नेपाल, हेर्नुस् ऐतिहासिक र दुर्लभ १२ तस्बिर !

यस्तो थियो ६५ वर्षअघिको नेपाल, हेर्नुस् ऐतिहासिक र दुर्लभ १२ तस्बिर !

  • बुधबार, बैशाख १८, २०७६
यस्तो थियो ६५ वर्षअघिको नेपाल, हेर्नुस् ऐतिहासिक र दुर्लभ १२ तस्बिर !

६५ वर्षअघिको काठमाडौं कस्तो थियो होला ? अनुमान गर्नुस् त । पक्कै पनि ! तपाईंलाई लाग्दो हो– अहिलेको भन्दा केही अविकसित त थियो होला ।

तर, हैन । ६५ वर्षअघिको नेपालका तस्बिर हेर्दा तपाईं अहिलेको काठमाडौं कुनै सहर नभएर गाउँ थियो भन्ने निष्कर्षमा पुग्नुहुन्छ ।  हुन त थियो पनि त्यस्तै । ६५ वर्षअघिको काठमाडौं नेपाली कुनै ग्रामीण जनजीवन वा भनौं गाउँभन्दा फरक देखिँदैन ।

अहिलेको खुट्टा टेक्न पनि मुस्किल पर्ने सहर, साँघुरा बाटाहरू, गगनचुम्बी घरहरू, उराठलाग्दो काठमाडौं अहिलेको दृश्य हो । त्यसबेला काठमाडौंमा जतातै जंगल, खुला चउर, खाली जग्गामा गाईबस्तु, सवारीका नाममा साइकल (एकाध देखिन पुरानो मोडेलका गाडी), खेतीपाती गरिरहेका मानिस, खुला ठाउँमा बैठक गरिहेका मानिस । यी त्यसबेलाको काठमाडौंको शब्द–चित्रण हो ।

करिब ५० को दशकतिर फोटोग्राफर टोनी हेगनले नेपालका विभिन्न ठाउँमा खिचेका प्राचीन नेपाल झल्काउने तस्बिर संकल गरेर हामीले केही तस्बिर राखेका छौं । यी तस्बिरलाई टोनीले एकताका काठमाडौंमा प्रदर्शनीमा समेत राखेका थिए ।

सन् १९५० मा नेपालमा भूगर्भविद्का रूपमा टोनी हेगन नेपाल आएका थिए । त्यसपछि यहाँको प्राकृतिक सुन्दरता र जीवनशैलीवाट मोहित भएका उनले यही बसेर नेपालका सुन्दर तस्बिरहरू खिचेका थिए ।

हेर्नुस् प्राचीन नेपालका तस्बिरहरू :

चर्चामा

सम्बन्धित समाचार