बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • फिचर
  • भारतमा श्वेताको शल्यक्रिया लेख्छिन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो ।’

भारतमा श्वेताको शल्यक्रिया लेख्छिन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो ।’

  • सोमवार, बैशाख १६, २०७६
भारतमा श्वेताको शल्यक्रिया लेख्छिन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो ।’

अभिनेत्री श्वेता खड्का यतिबेला भारतमा अस्पताल भर्न भएकी छिन्। उनलाई अकस्मात ट्युमर देखिएपछी उनि अस्पताल भर्ना भएकी हुन्। गर्धनमा ट्युमर भएपछी उनको भारतमा शल्यक्रिया गरिएको हो। उनले शल्यक्रिया सफल भएको जानकारी सामाजिक संजाल मार्फत दिएकी हुन्। केहि दिन अगाडी मात्र चलचित्र ‘हेलो जिन्दगी’ सुटिङ्गका लागी श्वेता लन्डन उडेकी थिइन्। केहि दिनको सुटिङ्ग सम्पन्न गरेकी श्वेता अकस्मात बिरामी भएपछी उनलाई भारत ल्याईएको थियो। स्वेता आफ्नो स्टाटसमा लेख्छिन्, ‘लन्डन जानुभन्दा केही दिन अगाडि मेरो चिउँडो मुनिको भागमा दुखाई भएको थियो । डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताउनुभयो । तर, लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिनुभयो ।’

त्यो लगत्तै दिल्ली पुगेकी श्वेताको डा. सुरेन्द्र कुमार दवासको टिमले शल्यक्रिया गरेको थियो। शल्यक्रिया संगै उनले चलचित्र ‘हेल्लो जिन्दगी’ मा काम गर्न नसक्ने उल्लेख गरेकी छिन्।

चर्चामा

सम्बन्धित समाचार