शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खप्तड छेडेदह
  • गुदुखातीका किसान तरकारी खेतीमा आर्कर्षित

गुदुखातीका किसान तरकारी खेतीमा आर्कर्षित

  • मङ्लबार, चैत्र १२, २०७५
गुदुखातीका किसान तरकारी खेतीमा आर्कर्षित

पदम सिंह, बाजुरा १२ चैत्र – बाजुराको खप्तड छेडेदह गाउपालिका ४ गुदुखातीका किसान नगदे वालि तरकारी खेतीतीर आर्कषित भएका छन् । पछिल्लो समय अन्नबाली भन्दा तरकारी खेतीबाट मुनाफा हुने भएपछी किशानहरु तरकारी खेती तिर आर्कषित भएका हुन । छेडेदह गाउपालिका ४ खाती गाउँमा गिफ्ट बाजुराको पहल कार्यक्रमले १६ ओटा टनेल प्राविधिक सहयोग वीउ सहयोग गरेपछि किसानहरु नगदे वाली तीर आर्कर्षित भएका पहल कार्यक्रमका वितिय सेवा अधिकृत्त भानसिंह अयडीले बताएका छन् ।
गुदुखातिमा ११ ओटा कृषक समुह बनाएर जीवीको पार्जन सम्बन्धि जनचेत्तना फैलाएको अयडीले बताए । इन्द्रेणी कृषि सहकारी संस्थामा आबद्ध गड्यौँला पालनमा संलग्न किसान अर्गानिक तरकारी खेती गरी आम्दानी लिन थालेका छन् ।
स्थानीय दलबहादुर धामीका अनुसार किसानहरुले अर्गानीक तरकारी खेती उत्पादन गरे र उत्पादन अनुसारको बजारिकरणमा समस्या भएको दुखेसो गरे । यताका किसानले फलाएको तरकारी अग्र्यानीक हुन्छ बढी मुल्य हुने हुदा तल तीरबाट आएको तरकारीमा सस्तो हुने भएकोले लोकल तरकारीले मुल्य नपाएको धामीले बताए ।
नजिक बजार छैन गाउपालिकाको केही पसल र गाउघरमै मात्र विक्री गर्दा लागत नै असुली हुदैन । सदरमुकाम मार्तडी, बेलाल्माण्डौ, बाम्का, फालासेन ताँप्रीसेरा लगाएतका बजारमा मुल्य नपाउदा किसानलाई समस्या हुने गरेको छेडेदह बचत तथा रिण सहकारीकी अध्यक्ष विमला धामीले बताईन ।


गोलभेडा, टमाटर बढी फल्ने गरेकोले किसानले पलाएको टमाटर बिक्रि नभएपछि गाउपालिकाले बजेटको व्यवस्थापन गरेर एक जना कृषकलाई टमाटर सस उत्पादनको लागी व्यवस्थापन गर्ने गाउपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए । अर्गानिक रुपमा लौका, फर्सी, भिण्डी, पिरो खुर्सानी, गोलभेँडा, बोडी, प्याज, काँक्रा, घिरौँला यहाँका किसानले उत्पादन गर्दै आएका छन् ।
अग्र्यािनिक तरकारीखेतीमा संलग्न किसानको क्षमता वृद्धि गर्न आइपिएम कृषक पाठशाला, व्यावसायिक तरकारीखेती, उत्पादन र प्लास्टिक टनेलमा तरकारीखेती गर्ने तरिकाबारे पहल कार्यक्रमले प्रविधिक सहयोग तालिम दिँदै आएको छ ।
किसानलाई तरकारी बिक्रीमा सघाउन तरकारी संकलन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ । त्यहाँका किशानलाई तरकारी खेतीमा मात्र आर्कषण गर्ने हो भने आर्थिक रुपमा सबल बन्न सक्ने स्थानियले बताएका छन । यसका लागी गाउँपालिकाले कृषक लागी बजेट बिनियोजन गर्दा मुख्य ध्यान दिन जरुरी देखीन्छ ।

चर्चामा

सम्बन्धित समाचार