आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • छेडेदह तालमा वेपत्ता रावत मृत अवस्थामा फेला, घटनाको मुख्य कारण जीर्ण डुंगा

छेडेदह तालमा वेपत्ता रावत मृत अवस्थामा फेला, घटनाको मुख्य कारण जीर्ण डुंगा

  • सोमवार, चैत्र १२, २०८०
छेडेदह तालमा वेपत्ता रावत मृत अवस्थामा फेला, घटनाको मुख्य कारण जीर्ण डुंगा

टेकबहादुर बुढा, बाजुरा— बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालमा डुंगा पल्टिदा वेपत्ता भएका बिरेन्द्र रावतको शव फेला परेको छ । आइतवार दिउँसो तालमा डुंगामा चढेको बेला अचानक डुंगा पल्टिँदा सोहि गाउँपालिका ७ लम्गाउँका अन्दाजी ३२ बर्षका बिरेन्द्र रावत वेपत्ता भएका थिए । वेपत्ता रावतको दिउँसो देखि नै खोजीकार्य गरेको प्रहरीले हिजो साझँ मात्रै मृत अवस्थामा फेला परेका हुन् ।

डुंगामा सवार अन्य ६ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतक रावतको शव हिजो राती नै पोष्टमाटमका लागि सदरमुकाम मार्तडीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । सोमबार जिल्ला अस्पताल बाजुरामा पोष्र्टमाटम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको मुख्य कारण जीर्ण डुंगा

छेडेदह तालमा डुंगा पल्टिएर बिरेन्द्र रावतको मृत्युको मुख्य जीर्ण डुंगा रहेको पाइएको छ । केहि बर्ष अघि सुदूरपश्चिम प्रदेश सरकार पर्यटन बोर्डबाट तालको संरक्षणका लागि आएको बजेटबाट तालको वरिपरि बाटो बनाएर एउटा डुंगा खरिद गरिएको थियो । त्यस पछि एक रात अज्ञात समूहले डुंगा नै फुटाइ दिए पछि डुंगा जीर्ण बनेको खप्तड छेडेदह गाउँपालिका ७ का अध्यक्ष खगेन्द्र रावतले बताए । जीर्ण डुंगा दुई बर्ष देखि तालबाट करिब ५ सय मिटर टाढा राखिएको वडा अध्यक्ष रावतले बडिमालिका खबरलाई बताए । तर आइतवार होली खेल्न भन्दै मृतक रावत सहितको समूहले डुंगा उठाएर तालमा लगेका थिए । जीर्ण डुंगामै ७ जना चढेका र डुंगामा प्वाल परेकाले पानी भित्र पसेर पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार