शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको छेडेदह तालमा डुंगा पल्टिँदा एक जना वेपत्ता

बाजुराको छेडेदह तालमा डुंगा पल्टिँदा एक जना वेपत्ता

  • आइतवार, चैत्र ११, २०८०
बाजुराको छेडेदह तालमा डुंगा पल्टिँदा एक जना वेपत्ता

बाजुरा —बाजुराको छेडेदह तालमा डुंगा पल्टिदा एक जना वेपत्ता भएका छन् । खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालमा डुंगा पल्टिँदा सोहि गाउँपालिका ७ लम्गाउँका गणेश रावतका छाेरा अन्दाजी ३२ बर्षका बिरेन्द्र रावत वेपत्ता भएका हुन् ।

आज दिउँसो तालमा डुंगामा चढेको बेला अचानक तालमा डुंगा पल्टिदा रावत वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । डुंगामा सवार अन्य ६ जना भने सकुशल रहेको बताइएको छ

। अहिले प्रहरीको टोली घटना स्थलतर्फ गएकाे र रावतको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार