शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • खप्तड छेडेदहका विद्यालयमा सेनेटरी प्याड निर्माण सम्वन्धी तालिम

खप्तड छेडेदहका विद्यालयमा सेनेटरी प्याड निर्माण सम्वन्धी तालिम

  • शनिबार, बैशाख ८, २०८१
खप्तड छेडेदहका विद्यालयमा सेनेटरी प्याड निर्माण सम्वन्धी तालिम

टेक बहादुर बुढा —बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नंः ४ का विद्यालयमा सेनेटरी प्याड निर्माण सम्वन्धी दुई दिने तालिम दिइएको छ । विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोग, एकिकृत विकास समाज नेपाल (आइडीएस) को सहजीकरण र वडा कार्यालयको आर्थिक सहयोगमा वडाका ३ वटा सामुदायिक विद्यालयका किशोरीहरुलाई तालिम दिइएको हो ।

खापरलेवस्थली मावि, ज्युलेख आवि र दौनागिरी आविका ३४ किशोरीहरुलाई सेनटरी प्याड बनाउने तथा महिनावारीलाई सही तरिकाले व्यवस्थापन गर्ने बारे दुई दिने तालिम प्रदान गरिएको आइडीएस नेपाल खप्तड छेडेदह गाउँपालिका सुपरभाइजर रुपा खड्काले बताएकी छन् । दुई दिने तालिममा महिनावारी सम्वन्धी जानकारी,महिनावारी स्वच्छता तथा प्रभावकारी व्यावस्थापन, महिनावारीको समयमा प्रयोग गरिने प्याड निर्माण, सदुपयोग तथा समुचित व्यवस्थापन, महिनावारी हुँदा सरसफाईमा ध्यान दिनुपर्ने कुराहरु र सो समयमा हुने समस्या समाधानका बारेमा छलफल समेत गरिएको पालिका सुपरभाइजर खड्काले बताइन् ।

त्यस्तै सेनेटरी प्याड बनाउन के-कसरी कपडा काट्ने, प्याड सिलाउने लगायतको सहजीकरण तथा थप सुझाव सल्लाह कार्यक्रममा दिइएको थियो । महिनावारीको समयमा महिलाले प्रयोग गर्ने कपडा वा सेनेटरी प्याड सुरक्षित भएन भने महिलाहरुमा प्रजनन स्वास्थ्यका तमाम समस्याहरु देखा पर्नुका साथै ज्यानै जोखिममा हुने भएकाले सेनेटरी प्याड निर्माण तथा महिनावारी स्वच्छताको प्रभावकारी व्यवस्थापनमा यस्ता तालिमले महत्वपूणर् सहयोग पुर्याउने कार्यक्रममा सहभागीहरुले बताएका थिए । महिनावारी हुँदा छात्रा विद्यालयमा उपस्थित नहुने तथा कक्षा छाडेर जाने परम्पराको अन्त्य र किशोरीहरुलाई आत्मनिर्भर बनाएर घरमै प्याड बनाउन यस तालिमले सहयोग गर्ने विश्वास गरिएको छ ।

खप्तड छेडेदह गाउँपालिका ४ का वडा अध्यक्ष दल बहादुर धामीकाे अध्यक्षतामा सञ्चालन भएको सो तालिम कार्यक्रममा आइडीएस नेपाल जिल्ला संयोजक प्रेम खनाल, लेखापाल लक्ष्मी जाेशी, गिफ्ट नेपालका सुरेन्द्र बाेगटी, अन्य संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन आइडीएस नेपाल खप्तड छेडेदह गाउँपालिका सुपरभाइजर रुपा खड्काले गरेकी थिइन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार