स्कन्द पुराण मानस खण्डमा नेपाल र महाकाली नदी
पौराणिकहरु भन्छन्, “लिम्पियाधुरालाई पुराणहरुमा आदि कैलास भनिएको छ । यो देवाधिदेव महादेव र महादेवी पार्वतीको दिव्य क्रीडास्थल हो । शिवशक्तिको परम प्रिय पशुपति क्षेत्र, श्लेष्मान्तक बन र पावनताको धुरी मानसरोवर क्षेत्रबीच यातायात क्रममा शिवपार्वती यसै आदिकैलाशमा विश्राम गर्नु हुन्थ्यो । विश्रामका दिनहरुमा पार्वतीले स्नान गर्नु भएको पार्वतीकुण्ड यसै परिसरमा छ भनिन्छ । महादेवलाई महाकाल र […]