मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • पिसिआर जाँचका लागि स्वाब बोकेर आफै जुम्ला पुगे नगर प्रमुख शाह

पिसिआर जाँचका लागि स्वाब बोकेर आफै जुम्ला पुगे नगर प्रमुख शाह

  • मङ्लबार, असार ९, २०७७
पिसिआर जाँचका लागि स्वाब बोकेर आफै जुम्ला पुगे नगर प्रमुख शाह

कोरोना परिक्षण निकै ढिला सुस्ति भएपछि बाजुराको बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाह भने परिक्षणका लागि स्वाब आफै लिएर जुम्ला पुगेका छन् ।
शुदुरपश्चिम प्रदेशमा धनगढीमा मात्र एक प्रयोगशाला रहेको रिपोट आउने २ हप्ता भन्दा बढि समय लाग्ने भएकाले नगरप्रमुख दिपक बिक्रम शाह, स्वास्थ्य संयोजक दिपक शाह सहित जुम्लाको कर्णाली स्वास्थ्य प्रतिष्ठान स्वाब लिएर गएको नगरपालिकाले बताएको छ । आरडिटि पोजेटिभ आएका नगरपालिकाका ३ सय ३८ जनाको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्ला पुयाएको नगर प्रमुख दिपक शाहले वताएका छन् ।

धनगढी पठाउदा २ हप्ता सम्म पनि रिपोट आउदैन्, यो प्रदेशमा एक मात्र प्रयोगशला रहेको छ, जुम्ला पठाए अलि चाडो रिपोट आउला भनेर कर्णाली स्वास्थ्य प्रतिष्ठानको समन्वयमा हुम्ला स्वाब पुयाइएको स्वास्थ्य संयोजक दिपक शाहले बडिमालिका खबरले वताएका छन् । भारत बाट आएका आरडिटि पोजेटिभ भएकालाई क्वारेनटाइनमा राखेको धेरै भयो, उनिहरु पनि घर जान्छौ भनेर आन्दोलन गरिरहेका छन्, चाडो रिपोट आउछकि भनेर स्वाब संकलन गरेर जुम्ला पुयाएको शाहले वताए । ढिलोको भोलि सम्म रिपोट आइसक्ने नगरपालिकाले जनाएको छ ।
बाजुरामा १ हजार भन्दा बढिको आरडिटि पोजेटिभ आएको छ, अधिकांशको स्वाब संकलन गरेको भएपनि रिपोट भने आउन सकेको छैन् । स्वाब लिएको दुईहप्ता पछि रिपोट आउने गरेको छ, समयमै रिपोट आएको भए सजिलो हुने थियो स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार