• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाकाे नगरसभा भिडियो कन्फरेन्स बाट

बडिमालिका नगरपालिकाकाे नगरसभा भिडियो कन्फरेन्स बाट

  • सोमवार, असार ८, २०७७
बडिमालिका नगरपालिकाकाे नगरसभा भिडियो कन्फरेन्स बाट

कोभिड-१९ (कोरोना) को सङ्क्रमण फैलिन नदिन बडिमालिका नगरपालिकाले भिडियो कन्फरेन्स बाट नगरसभा सम्पन्न गरेकाे छ । नगरसभामा सबैलाइ एक ठाँउमा भेला गराएर काेभिड १९ काे जाेखिम बढने भएकाले भिडियाे कन्फरेन्स बाट नगरसभा सम्पन्न गरेकाे नगरपालिका नगरप्रमुख पदम बडुवालले बडिमालिका खबरलाइ बताएका छन् ।

अहिलेकाे प्रबिधिलाइ प्रयाेग गर्दै र जाेखिमतालाइ मध्यनजर गर्दै भिडियाे कन्फरेन्स बाट नगरसभा गरिएकाे हाे । नगरसभाका सदस्यलाइ एउटै हलमा नराखेर अलग अलग हलमा र सामाजिक दुरि कायम गरेर राखिएकाे थियाे, भिडियो कन्फरेन्स मार्फत निति तथा कार्यक्रम र बजेट पास गरिएकाे नगरपालिका वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् । बडिमालिका नगरपालिकामा ४० जना काेराेना स‌ंक्रमित रहेका छन्, नगरपालिका उच्च जाेखिममा रहेकाले नगर सभा भिडियाे कन्फरेन्स बाट नगरसभा सम्पन्न गरिएकाे उपप्रमुख कबिता बिष्टले वताएकि छन् ।

बडिमालिका नगरपालिकाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ३७ करोड ९३ लाख १६ हजार विनियोजन गरेकाे छ । सम्पन्न परिषदमा बजेट सहित आगामि कार्यक्रम सहित आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु ३७ करोड ९३ लाख १६ हजार विनियोजन गरेकाे बडीमालिका नगरपालिकाले जनाएकाे छ ।

कुल विनियोजन मध्ये चालु १७ करोड १५ लाख ४८ हजार (४५ दशमल २३ प्रतिशत) र पूँजीगत तर्फ २० करोड ७७ लाख ६८ हजार (५४ दशमल ७७ प्रतिशत) रहेको  बजेटमा उल्लेख गरीएकाे छ ।आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक आम्दानीबाट३७ लाख ९० हजार ५ सय, संघीय सरकार समानीकरण अनुदान १० करोड ८१ लाख, सशर्त तर्फ १५ करोड ९३ लाख, विशेष अनुदान १ करोड रराजश्व बाँडफाँडबाट प्राप्त ७ करोड ४९ लाख ८१ हजार ७ सय ५०, प्रदेश सरकार समानीकरण ६९ लाख ६८ हजार, राजश्व बाँडफाड १३ लाख ७८ हजार र अन्य स्रोत १ करोड ४७ लाख ९७ हजार ७५० बाट व्यहोरिने बजेटमा उल्लेख गरीएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार