शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाघको छाला र हड्डी सहित तीन जना पक्राउ एक जना फरार

बाघको छाला र हड्डी सहित तीन जना पक्राउ एक जना फरार

  • मङ्लबार, असार ९, २०७७
बाघको छाला र हड्डी सहित तीन जना पक्राउ एक जना फरार
फाईल तस्वीर

बडिमालिका समाचार / बाजुरा ९ असार– बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट दुई ओटा बाघको छाला सहित तीन जनालाई पक्राउ परेका छन् । त्रिबेणी नगरपालिका वडा नम्बर ५, ६ र ७ का तीन जना बन्यजन्तु तस्कर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दानबहादुर रोकायाले जानकारी दिए ।
तीन जनालाई गोप्य सूचनाका आधारमा जंगली जनावरको चोरी सिकारी र पैठारी गर्ने गरेको खवर पछि मंगलबार राती पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको प्रहरी निरीक्षक रोकायाले बताए ।
गोप्य सूचनाको आधारमा त्रिबेणी नगरपालिका ६ का लालबहादुर बुढाको घरबाट त्रिबेणी नगरपालिका ६ पन्धाराका अन्दाजी ४० वर्षिया रामबहादुर अएडी सोही ठाउका २३ वर्षिया खगेन्द्र सड्का र बडिमालिका नगरपालिका ५ का बिर्ख साउद रहेको रहेका छन् भने घरमालिका लालबहादुर बुढा फरार रहेको प्रहरी निरिक्षक रोकायाले बताए ।
जंगली जनावरको छाला हड्डी लगायतका बस्तु पैठारी गर्ने गरेकोले गोप्य सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसंन्धान भई रहेको रोकायाले बताए ।
छाला तस्करी गर्ने तीनै जनाको अनुसन्धान गरी चोरी सिकारी तथा पैठारी सम्बन्धीको ऐन अनुसार कानुनी कारबाही गर्ने प्रहरी प्रवक्ता रोकायाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार