शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा क्वारेन्टाइन भित्रै एक युवकद्वारा आत्महत्या,

बझाङमा क्वारेन्टाइन भित्रै एक युवकद्वारा आत्महत्या,

  • सोमवार, असार ८, २०७७
बझाङमा क्वारेन्टाइन भित्रै एक युवकद्वारा आत्महत्या,

प्रदिप मलासी बझाङ- बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाकाे बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् ।

३ दिन अघि मात्र भारतको बैंग्लोरबाट पुगेर क्वारेन्टाइनमा बसेका उनले गएराति झुण्डिएर आत्महत्या गरेका वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिए ।

‘६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए । अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिए’, उनले भने ।

वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ । आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियाे ।

ति युवक बसेको क्वारेन्टाइनमा अहिले ४ जना रहेका छन् । उनीहरू फरकफरक मितिमा आएकाले अलग्गै कोठामा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार