बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • डाक्टर गोविन्द केसी औषधि बोकेर बाजुराको कोल्टि र हुम्लाको मैलाका लागि हिडे

डाक्टर गोविन्द केसी औषधि बोकेर बाजुराको कोल्टि र हुम्लाको मैलाका लागि हिडे

  • मङ्लबार, असार ९, २०७७
डाक्टर गोविन्द केसी औषधि बोकेर बाजुराको कोल्टि र हुम्लाको मैलाका लागि हिडे
फाइल फाेटाे

निशुल्क स्वास्थ्य सेवा दिनका लागि बाजुराका पुगेका डा. गोबिन्द केसी औषधि सहित बाजुराको कोल्टि र हुम्लाको मैलाका लागि हिडेका छन् । मंगलवार बिहानै औषधिको भरिया सहित उनि पदैल यात्रामा निस्केको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी डडेल्धुरा बाट बाजुरा पुगेका छन् । दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडी जिल्लामा घुम्ने क्रममा उनी बाजुरा पुगेका थिए । दुई दिन सम्म जिल्ला अस्पताल बाजुरामा सेवा दिएका उनि बाजुरा र हुम्लाका दुर्गम ठाँउमा रहेका स्वास्थ्य संस्थामा बसेर केही दिन सेवा दिने भएका छन् । उनि उपचार मात्र नभई बिरामीलाई औषधि समेत निशुल्क वितरण गर्ने गरेका छन् ।
डाक्टर केसीले यो भन्दा पहिला बझाङ्ग, दार्चुल्ला, बैतडी लगायत जिल्लामा पुगेर सेवा दिइसकेका थिए । बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । केसी बाजुरा र हुम्लाका दुर्गम गाँउको स्वास्थ्य अबस्था समेत बुझने रहेको छ ।
बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए ।
गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए । तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९ औं दिनमा स्थागित भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार