शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • नेकपा बुढिगंगा १० वडा कमिटिले गरे १० बेडको आईसोलेनस कक्ष निर्माण

नेकपा बुढिगंगा १० वडा कमिटिले गरे १० बेडको आईसोलेनस कक्ष निर्माण

  • मङ्लबार, असार ९, २०७७
नेकपा बुढिगंगा १० वडा कमिटिले गरे १० बेडको आईसोलेनस कक्ष निर्माण
तस्वीर बिद्यार्थी नेता डीबी साउदको फेसबुकबाट

पदमबहादुर सिंह/ बाजुरा ९ असार– नेपाल कम्यूनिष्ट पार्टी नेकपा बुढीगंगा नगरपालिका १० को वडा कमिटीले १० बेडको आईसोलेसन कक्ष निमार्ण गरेको छ । वडा कमिटीको बैठक बसी वडामा कोरोना पोजेटिभलाई सुरक्षित राख्नको लागि आईसोलेसन निर्माण गर्ने निर्णय पश्चात हिजो र आज दुई दिन लगाएर वडाका यूवा परिचालन भई आईसोलेसन निर्माण गरिएको बुढीगंगा नगरपालिका १० का वडा कमिटी अध्यक्ष इन्द्र नेपालीले जानकारी दिए ।
टिन, काठ र बासको निमार्ण गरिएको छ , टिन खरिदको लागि चन्दा संकलन गरेको र अन्य काठ बास स्थानियहरुको सहयोग र निर्माण कार्यमा सबै स्वात स्फूत सर्बदान गरेर निमार्ण गरिएको उनले बताए । वडाका चार ओटा बिद्यालयहरुमा भारत लगाएत अन्य मुलकबाट आएकाहरुले भरिभराउ छन् । फेरि आउनेक्रम समेत जारि छ । गाउ नजिकै भएकोले जोखिम हुने खतरा भएकोले सक्रमितलाई सुरक्षाका साथ राख्ने उद्देश्यले निमार्ण गरिएको नेपालीले बताए ।
आईसोलेसनमा खाने पानी सौचालय भान्सा कोठा सहित निर्माण गरिएको छ । १० नम्वर वडामा ७८ जना आरडीटी पोजेटिभ देखीएका छन् । तीनीहरुको स्वाब संकलन गरेर पठाएको छ । रिर्पोट पोजेटिभ आएपछि राख्ने ठाउ नै नभएर सबै एउटैमा राख्नु पर्ने अवस्था हुने भएकोले सुरक्षित राख्नको लागि वडा कमिटीले आईसोलेसन निर्माण गरेको बुढीगंगा नगरपालिका नगर कमिटी सचिब भरत कुवरले बताए ।
बुढीगंगा नगरपालिकाका मेयरलाई पोजेटिभ देखीएकाहरुलाई राख्ने ब्यबस्थाको लागि आईसोलेसन बनाउने सल्लाह गरेको ब्यबस्था गर्न नसकीने जहा बसेका छन त्यही सुरक्षि बस्छन भन्ने अभिब्यक्ति आएपछि वडा कमिटीको बैठकले सर्बदान मार्फत आईसोलेसन निर्माण गरिएको सचिब कुवरले बताए ।

वडाका ४० बढी युवाको  श्रमदानबाट आइसोलेशन कक्ष निर्माण गरिएको हो । १० कोठे कक्ष निर्माण गरिसकिएको र बेड जडान र अन्य डुकुरेशन विजुली जाडनको काम मात्र बाँकी रहेको  भाेलीसम्म सकीने बिद्यार्थी नेता डिबी साउदले बताए । वडा भित्रका कोरोना संक्रमतिको उपचार तथा परामर्शका रुपमा सोही कक्षलाई प्रयोग गरिने उनले बताए  ।

व्यक्तिगत पहलमै र चन्दा संकलन गरेर टिन र काठ खरिद गरिएको छ । संकटमा राज्यलाई सहयोग गर्न र युवाको जिम्मेवारी निर्वाह गर्न आइसोलेशन कक्ष निर्माण गरिएको अनेरास्ववियु बाजुराका नेता पारस रावलले बताएका छन् । नेकपाका युवा कार्यकर्ताले व्यक्तिगत पहलमै आइसोलेशन कक्ष निर्माण गरिएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार