आज नेपाल आउँदै भारतीय विदेश सचिव
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला आज नेपाल आउँदैछन्। दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार नेपाल आउने कार्यक्रम छ। बिहान ११ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्। उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम छ। श्रींगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड […]