शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • कर्मचारीको चुनावमा ४५ हजार मतदाता

कर्मचारीको चुनावमा ४५ हजार मतदाता

  • बिहिबार, मंसिर ११, २०७७
कर्मचारीको चुनावमा ४५ हजार मतदाता

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियन निर्वाचनका लागि मतदाता नामावली तयार भएको छ। मंसिर २७ गते शनिबार कर्मचारीहरूको चुनाव हुँदैछ।

प्रमुख निर्वाचन अधिकृत कलानिधि पौड्यालका अनुसार निर्वाचनका लागि विभागस्तरीय ३० र जिल्लास्तरीय ७७ गरी १०७ वटै निर्वाचन कार्यालयहरूबाट प्राप्त मतदाता नामावली रूजु गरिसकिएको छ। निर्वाचनमा ४५ हजार छ सय १३ जना कर्मचारी मतदाता छन्। मतदाता नामावली www.tue.gov.np मा प्रकाशित छ।

मतदाता नामावली प्रकाशन गरी सोको मुचुल्का तयार गर्ने र ट्रेड यूनियनहरूलाई समेत जानकारी गराउने कार्यसमेत सम्पन्न भइसकेको पौड्यालले बताएका छन्। साथै उनले तोकिएकै समयमा निर्वाचनसमेत हुने बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार