शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • शाहाराबिहिन तिन बहिनी र रति थापालाई सहयोग

शाहाराबिहिन तिन बहिनी र रति थापालाई सहयोग

रति थापाकाे घर बन्दै

  • बुधबार, मंसिर १०, २०७७
शाहाराबिहिन तिन बहिनी र रति थापालाई सहयोग

बाजुरा–बडिमालिका नगरपालिका ८ राप्कमा शाहाराबिहिन ३ बहिनी र बडिमालिका नगरपालिका ९ बस्ने अपांग रति थापालाई आर्थिक सहयोग गरिएको छ । बडिमालिका खबरमा समचार प्रकाशित पछि आमा, बुवा नभएकि ३ बहिनी साहाराबिहिन र रति थापा अलपत्र परेको समचार प्रकाशित पछि सहयोग गरिएको छ ।
समचार प्रकाशित पछि Sai Samaj seva Nidhi काठमाडौले ३ बहिनीका लागि २ लाख १२ हजार ५ सय र रति थापालाई ६२ हजार ५ सय गरि २ लाख ७५ हजार सहयोग गरिएको छ । दि हिमालयन टाईम्समा तिन बहिनी र रति थापा अलपत्र परेको समचार प्रकाशित पछि आफुहरुले सहयोग गरेको Sai Samaj seva Nidhi का अध्यक्ष डा. सुन्दरमणि दिक्षितले वताएका छन् ।
तिन बहिनीलाई गरेको सहयोग रकम बैंकमा मुद्धति खातामा जम्मा गरेर ब्याज बाफतको रकम बाट तिनिहरुको पालनपोषण र शिक्षा दिक्षामा सहयोग गरिने गरि सहयोग गरेको दिक्षितले वताए । त्यस्तै रति थापाको घर निर्माण र उनलाई लुगाकपडाका लागि सहयोग गरेको उनले वताए । आफुहरुको सहयोगले उनिहरुलाइ सहयोग होस भनेर सहयोग गरेको उनले वताए ।
सहयोग रकम बडिमालिका नगरपालिकाले निर्णय गरेर ३ बहिनीको मुद्धती खातामा जम्मा गर्ने र रति थापाको घर निर्माण गर्ने गरि निर्णय भएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् । उहाँहरुको सहयोग रकमले तिनिहरुलाई ठुलो सहयोग भएको बिष्टले वताईन् ।
त्यस्तै ३ भाइबहिनी अलपत्र रहेको समचार प्रकाशित पुर्व न्याधिश तथा काठमाडौ निवासी बलराम केसीले २५ हजार सहयोग गरेका छन् । यो भन्दा पहिला ति भाइबहिनीलाई जर्मन नागरिक Andrea Drewer उनको संस्थाले Windhorse-Rising ३२ हजार, सगरमाथा आरोहि तथा सामाजिक अभियान्ता जाङगु शेर्पाको १५ हजार नगद सहयोग गरेका थिए ।
बुवा दान बहादुर बिष्टको ३ बर्ष पहिला भिर बाट लडेर मृत्यु भएको थियो । आमा कल्पना रावलले अर्को बिहे गरेपछि ३ बहिनी साहाराबिहिन बनेकी छन् । बुढि बज्यै कन्तरी रावलले भनिन्, उहाँहरुको सहयोग बाट नातिनिहरुलाई ठुलो सहयोग भएको वताईन् । आमा र बुवा नभएपछि ९ बर्षकि निशा रावल, ७ बर्षिय भुमिका रावल र ४ बर्षकि पुष्पा रावल अलपत्र रहेको थिए । अहिले बुढि बज्यै कन्तरी रावलको साहारामा रहेकी छन् । बुढी बज्यैको साहार रहेकी तिन बहिनी समस्यामा रहेकि छन् । निशा कक्षा ३ मा, भुमिका कक्षा १ मा र पुष्पा रावल बालकक्षामा स्थानिय मष्टेश्वरी आधारभुत बिद्यालयमा पढने गरेकि छन् ।
त्यस्तै बडिमालिका नगरपालिका ९ बस्ने ६१ बर्षिय रति थापालाई माधबी कुमारी श्रेष्ठले ५ हजार, निर्मला सुब्बाले ५ हजार, यमुना खले ४ हजार ३ सय, इन्द्रा गुरुङ्गले ४ हजार, रसिक बुडाथोकीले २ हजार, मंगल थापाले ५ हजार, जाङगु शेर्पा ५ हजार र संगिता घिमिरेले ७ हजार सहयोग गरेका छन् । रति थापा अलपत्र रहेका छन् । घरका एकजना मात्र सदस्य रहेका उनि जन्मजात अपांग छन् । उनि अहिले अरुको साहारामा बाचिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार