मृतकको नक्कली नागरिकता बनाएर अर्काको नाममा जग्गा पास गर्ने समुह पक्राउ
झापा विर्तामोड नगरपालिका–१ का टुंगबहादुर बस्नेतको ३ वर्षअघि मृत्यु भैसकेको थियो । तर, ०७७ असोजमा ‘टुंगबहादुर मै हुँ, मेरो रेखदेख गर्नेलाई वारेस बनाएर जग्गा बेच्न पाउँ’ भनेर एक बृद्ध काठमाडौं जिल्ला अदालत पुगे । झापाको सुरुङ्गास्थित कोटिहोम आश्रममा बस्ने ७१ वर्षीय देवीप्रसाद पाण्डे आफूलाई ‘टुंगबहादुर’ भन्दै एक्लै अदालतमा गएका होइनन् । उनको पछाडि ठूलो गिरोह […]