शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण

थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण

  • बुधबार, मंसिर १०, २०७७
थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।

आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।  आज देशभर २८ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको छ।

चर्चामा

सम्बन्धित समाचार