शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • मङ्लबार, मंसिर ९, २०७७
बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । मंगलबार दिउँसो १ बजेतिर झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ । घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी ।

चर्चामा

सम्बन्धित समाचार