शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाजुराको बिकट अन्द्रराडी गाँउमा पहिलो पटक स्वास्थ्य सेवा

बाजुराको बिकट अन्द्रराडी गाँउमा पहिलो पटक स्वास्थ्य सेवा

सिटामोल लिन एकदिन हिडनुपर्ने बाध्यता टर्याे

  • बुधबार, मंसिर १०, २०७७
बाजुराको बिकट अन्द्रराडी गाँउमा पहिलो पटक स्वास्थ्य सेवा

बाजुरा–गौमुल गाँउपालिका १ मा रहेको दुर्गम अन्द्राडी गाँउका बासिन्दाले पहिलो पटक स्वास्थ्य सेवा गाँउमै पाएका छन् । गौमुल गाँउपालिकाले अन्राडि गाँउमा अन्राडी सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरि स्वास्थ्य सेवा दिएको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
बाजुराको दुर्गम गाँउका रुपमा रहेको यो गाँउका बासिन्दा स्वास्थ्य सेवा लिनका लागि एक दिन लगाएर दहकोट स्वास्थ्य चौकि आउने गरेका थिए । पहिलो पटक गाँउमै स्वास्थ्य केन्द्र स्थापना भएर स्वास्थ्य सेवा पाएको अन्राडि गाँउकि स्वास्थ्य स्वयसेविका कमला धामीले वताएकि छन् । अन्राडि गाँउ स्वास्थ्य सेवा बाट बिमुख रहदै आएको थियो, गाँउपालिकाले स्वास्थ्य चौकी सँगै अहेब, अनमि कार्यलय सहयोगि र औषधिको ब्यबस्थापन गरेर सेवा शुरु गरेको अध्यक्ष हरि बहादुर रोकायाले वताए ।
अन्राडि गाँउमा ४४ परिवार बसोवास गर्दै आएका छन् । यो गाँउ राज्यका हरेक सेवा सुबिधा बाट बञ्चित हुदै आएको थियो । भौगोलिक बिकटताले निकै टाढा रहेको अन्राडिमा पहिलो पटक स्वास्थ्य सेवा पाँउदा स्थानिय निकै खुशि भएका छन् । सामान्य सिटामोल, जिवन जल लिन पनि एकदिनको यात्रा गर्नुपरेको थियो, अहिले गाँउमै औषधि तथा उपचार पाउँदा खुशि भएको स्थानिय पदमकला बोहोराले वताईन् ।
गौमुल गाँउपालिकाले दुर्गम गाँउमा स्वास्थ्य सेवा पुयाउने लक्ष्य अनुसार स्वास्थ्य सेवा स्थापना गरेको गाँउपालिका उपाअध्यक्ष सिता थापाले वताईन् । चाडै प्रसुति सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको थापाले वताईन् । बिगतमा अन्राडि गाँउ खोप सेवा समेत बाट बञ्चित रहदै आएको थियो । अहिले स्वास्थ्य चौकि बाट आधारभुत्त स्वास्थ्य सेवा पाउने गरेको अन्राडि स्वास्थ्य केन्द्रमा कार्यरत अनमि प्रतिभा रोकायाले वताईन् ।
जनसंख्या कम भएपनि दैनिक ७ देखी १० जना उपचारका लागि आउने गरेको स्वास्थ्य केन्द्रले वताएको छ । गाँउमा स्वास्थ्य चौकि नहुँदा जडिबुटिको भरमा उपचार गर्ने गरेका थिए । दहकोट स्वास्थ्य चौकि टाढा सँगै भिरको बाटो आवतजावत गर्न समस्या हुने गरेको थियो । बिरामी बोकेर लिन राम्रो बाटो समेत थिएन् । धेरै उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको थियो । गाँउका सबै महिला घरमै बच्चा पाँउने गरेका थिए । अहिले प्रसुति सेवा सञ्चालन नभएपनि स्वास्थ्यकर्मीको सहयोगमा प्रसुति सेवा दिदै आएका छन् । बाजुराका दुर्गम गाँउ गुम्बा, लाम्पाटा अझै स्वास्थ्य सेवा बाट बिमुख रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार