शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • सिलाइ कटाइ पसलमा आगलागि हुँदा ४ लाखको क्षति

सिलाइ कटाइ पसलमा आगलागि हुँदा ४ लाखको क्षति

  • बिहिबार, मंसिर ११, २०७७
सिलाइ कटाइ पसलमा आगलागि हुँदा ४ लाखको क्षति

कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिलाइ पसलमा आगलागि हुँदा झण्डै ४ लाख बराबरको क्षति भएको छ। गएराति करिब साढे १० बजेतिर नगरपालिकाको वडा नम्बर ६ टाउन बजारमा रहेको न्यू काठमाडौँ मामा सिलाइ पसलमा आगलागि हुँदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

आगलागिबाट अशोक नेपालीले सञ्चालन गर्दै आएको पसलमा रहेका सिलाइ मेसिन, काउन्टर, टेबल, कुर्सि, कपडाका साथै २० हजार नगद जलेर नष्ट भई सो बराबरको क्षति हुन पुगेको उनले बताए। आगो राति करिब ११ बजेतिर नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

चर्चामा

सम्बन्धित समाचार