मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • देश
  • देउवाले बोलाए शीर्ष नेताहरूको बैठक

देउवाले बोलाए शीर्ष नेताहरूको बैठक

  • सोमवार, चैत्र २६, २०८०
देउवाले बोलाए शीर्ष नेताहरूको बैठक

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्‍मा पार्टीको भूमिकाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक सभापति देउवाको निवासमा सोमबार बिहान ८ बजे बस्दैछ । बैठकमा सहभागिताका लागि वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाइएको उनको सचिवालयले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै त्यसबारे छलफल गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्‍मा अवरोध सिर्जना गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण गृहमन्त्री लामिछानेले संसद्‍मा सम्बोधन गर्न पाएका छैनन् ।

सभापति देउवाले संसद्‍मा पार्टीको भूमिकाबारे नेताहरूसँग छलफल गर्न लागेका हुन् । यसअघिको बैठकमा कांग्रेसले संसदीय समिति गठन गर्नका लागि सरकारलाई अल्टिमेटम दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार