बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • देश
  • उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने

उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने

  • बुधबार, बैशाख १२, २०८१
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौँ– आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएको छ ।

वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् ।

चर्चामा

सम्बन्धित समाचार