मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • देश
  • कैलालीको गौरीगंगामा कालोपत्र गरेको एक महिनामै सडक भत्कियो

कैलालीको गौरीगंगामा कालोपत्र गरेको एक महिनामै सडक भत्कियो

  • बिहिबार, चैत्र २९, २०८०
कैलालीको गौरीगंगामा कालोपत्र गरेको एक महिनामै सडक भत्कियो

धनगढी– कैलालीको गौरीगंगा नगरपालिकामा एक दशमलव ६६५ किलोमिटर सडक कालोपत्रका लागि गत वर्षको फागुन १८ गते ठेक्का सम्झौता भयो। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, धनगढी र जयलक्ष्मी–महिमा जेभीका बिचमा २०७९ फागुन १८ गते एक करोड ४१ लाख ५८ हजार एक सय २ रुपैयाँमा चार सडक निर्माणको सम्झौता भएको हो।

२०८० चैत १५ गतेसम्म सडकको काम सक्न सम्झौता गरिएको थियो। निर्माण कम्पनीले सडक निर्माणको काम सकेको छ। तर, कालोपत्र गरिएको सडक एक महिना नहुँदै भत्किन सुरु भएको गुनासो आएको छ। पूर्वाधार कार्यालय, धनगढीका सब इन्जिनियर जितेन्द्र सिंह धामीले स्थानीयले सडक भत्किएको गुनासो गरेपछि प्राविधिक पठाएको बताए। उनले भने, ‘कालोपत्र गर्ने समयमा हामी गएका थियौ। ट्याक्टरले बालुवा बोकेकाले कालोपत्र भत्किएको थियो। त्यो ठाउँमा बिग्रिएको थियो। ट्याक्टर नचलाउन भनेका थियौ। वडालाई पनि भन्न भनेको थिए।’

पूर्वाधार विकास कार्यालय, धनगढीले ठेक्का मार्फत निर्माण गरेको जनप्रिय मावि–गुलिनिया सडकको कालोपत्र भत्किन सुरु भएको हो। पाँच सय १९ मिटर लम्बाइको उक्त सडक कालोपत्र गरेको एक महिना नहुँदै भत्किएको स्थानीयको गुनासो गरिएको छ। पूर्वाधार कार्यालय, कैलालीले कालोपत्र गरेको छोटो समयमा ठुला सवारी चलाएकाले कालोपत्र उप्किएको तर्क गरेको छ। निर्माण कम्पनीलाई भुक्तानीसमेत नदिएकाले मर्मत गर्ने तयारी गरिएको छ। ह्युमपाइप, पर्खाल लगाएतको कामसमेत निर्माण कम्पनीले गरेको थियो। अन्य संरचना निर्माणमा गुनासो नआएपनि कालोपत्र भत्किएको गुनासो आएपछि अध्ययन गरिने धामीले बताए। उनले भने, ‘काम सकिएको हो। केही फल्ट भएको छ। फल्ट भएकाले हामीले भुक्तानी दिएका छैनौ। स्थानीयले ट्याक्टर चलाएकाले भत्किएको हो।’

सुदूरपश्चिम सरकारले एक दशमलव ६६५ किलोमिटर लम्बाइका चार सडक निर्माणका लागि ठेक्का गरेको थियो। प्रदेश सरकारले ५१९ मिटरको जनप्रिय मावि–गुलिनिया सडक, ३९५ मिटरको मट्कौना–पस्लापट्टी सडक, ३३६ मिटरको महादेवा सडक र ३१५ मिटरको मसुरिया खानेपानीको टङ्की भएको क्षेत्रको सडक कालोपत्रका लागि ठेक्का गरेको थियो। प्रदेश सरकारले २ सेन्टिमिटरको कालोपत्र, २० सेन्टिमिटरको सब बेस र १५ सेन्टिमिटरको बेससहितको सडक कालोपत्र गर्न ठेक्का गरेको हो। तर, निर्माण कम्पनीले लापर्बाही गरेको छ।

कैलालीको गौरीगंगा नगरपालिकामा कालोपत्र गरेको एक महिनामा सडक भत्किएको हो। गौरीगंगा नगरपालिका–८ लिक्मामा कालोपत्र गरेको एक महिनामा सडक भत्किएको छ। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, कैलालीले ठेक्का सम्झौता मार्फत कालोपत्र गरेको सडक भत्किएको छ।

सडक कालोपत्र गरिएको एक महिना नहुँदै भत्किन सुरु भएपछि निर्माण कम्पनीले लापर्बाही गरेको आरोप लागेको छ। तर, पूर्वाधार कार्यालय, कैलालीले कालोपत्र गरेको कम समयमा ठुला सवारी सञ्चालन गरेकाले समस्या आएको बताएको छ।

चर्चामा

सम्बन्धित समाचार