मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • देश
  • बागमतीमा करिब ७ हजारको स्वास्थ्य बिमा

बागमतीमा करिब ७ हजारको स्वास्थ्य बिमा

  • शुक्रबार, चैत्र ३०, २०८०
बागमतीमा करिब ७ हजारको स्वास्थ्य बिमा

हेटौंडा– बागमती प्रदेश सरकारले ६ हजार ८ सय ९५ परिवारको स्वास्थ्य बिमा गरिदिएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्ना १३ जिल्लामा रहेका सीमान्तकृत,लोपोन्मुख, आश्रममा आश्रित,क र ख वर्गका अपाङ्गता भएकाहरूको स्वास्थ्य बिमा गरेको हो।

मन्त्रालयको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत प्रदेशका १३ जिल्लामा कार्यक्रम गरिएको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बताए। मन्त्री श्रेष्ठका अनुसार मन्त्रालयले दुई करोड ३४ लाख १५ हजार ९ सय ५० रुपैयाँ प्रिमियम भुक्तानी समेत गरिसकेको छ।

जसमध्ये मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा १ सय ५५ परिवारलाई ३५ लाख ७ हजार ७ सय,भक्तपुरमा ३५ परिवारलाई १ लाख २ हजार ९ सय ५०, ललितपुरमा ५ सय ५० परिवारलाई १८ लाख ७ हजार ७ सय ५० प्रिमियम बापतको रकम भुक्तानी गरिसकेको बताएको छ। यस्तै काभ्रेपलान्चोकमा ७ सय २० परिवारलाई २४ लाख ७२ हजार ५०, नुवाकोटमा ५ सय ७३ परिवारलाई १५ लाख ९९ हजार ३ सय ५०, रसुवामा १ सय ८१ परिवारलाई ५ लाख १५ हजार २ सय र रामेछापमा ३ सय १९ परिवारलाई १० लाख ४३ हजार भुक्तानी गरेको छ।

त्यस्तै, धादिङमा ५ सय ९१ परिवारलाई २१ लाख ५२ हजार १ सय ५०, मकवानपुरमा १ सय १ परिवारलाई ४ लाख १० हजार ५ सय ५०, दोलखामा २ सय ७४ परिवारलाई ९ लाख १६ हजार ५०, सिन्धुपाल्चोकमा १ हजार ३ सय १४ परिवारलाई ४६ लाख २२ हजार ८ सय, सिन्धुली ४ सय ७९ परिवारलाई, १५ लाख ७७ हजार ४ सय र चितवनमा १ हजार ६ सय ३ परिवारलाई ५८ लाख ३८ हजार भुक्तानी गरेको छ।

तथ्यांक अनुसार १३ वटै जिल्लामध्ये सबैभन्दा बढी चितवन जिल्लामा भुक्तानी भएको पाइएको छ। महिला स्वास्थ्य स्वयंसेविका १ सय ४, अपाङ्गता तर्फ ३ सय ७७ र अति सीमान्तकृत १ हजार १ सय २२ गरी १ हजार ६ सय ३ परिवारलाई ५८ लाख ३८ हजार भुक्तानी गरेको मन्त्रालयले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार