शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • नेपालभरिका विद्यालयका विद्यार्थीको तथ्याङ्क सार्वजनिक

नेपालभरिका विद्यालयका विद्यार्थीको तथ्याङ्क सार्वजनिक

  • शनिबार, चैत्र २४, २०८०
नेपालभरिका विद्यालयका विद्यार्थीको तथ्याङ्क सार्वजनिक

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको तथ्याङ्क विश्लेषण गर्न मिल्नेगरी सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत विद्यालय तहको तथ्याङ्क विश्लेषण गर्न मिल्नेगरी तथ्याङ्क सार्वजनिक गरिएको हो ।

शिक्षामन्त्री सुमना श्रेष्ठले वेबसाइटमार्फत राखिएको तथ्यांकलाई अनुसन्धाकर्ताहरूले विश्लेषण गर्न सकिने बताइन् । त्यसका लागि उनले विज्ञ तथा विश्लेषकहरूलाई आह्वान समेत गरेकी छन् ।

यसअघिसम्म पालिकास्तरसम्मको तथ्याङ्क राख्ने गरिएको थियो । मन्त्री श्रेष्ठले एक महिने कार्य प्रगति सार्वजनिक गर्दै विद्यालय तहकै तथ्याङ्क राखिएको र नियमित अपडेट हुने बताइन् ।

प्लेग्रुपदेखि कक्षा १२ सम्मकै तथ्याङ्क राखिएको हो । प्रत्येक विद्यालयमा कति विद्यार्थी रहेको भन्ने जानकारी राखिएको हरेक समय विद्यालयतहबाटै उक्त अपडेट गर्ने व्यवस्था समेत मिलाइएको उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार