सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • आज इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै

आज इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै

  • बिहिबार, चैत्र २९, २०८०
आज इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै

काठमाडौं– आज नेपालमा रहेका इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै छन्। इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेर आज ‘ईदउत्रफित्र’ मनाउन लागेका हुन्।

केही मुस्लिमले ‘ईदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पन्न गर्छन्।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन्। रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो।

बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जनाएका छन्। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ ।

जकात (दान) यही महिनामा दिइन्छ। यो महिनालाई पुण्य कमाउने महिना मानिने अध्यक्ष अन्सारीले जनाए।

इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै उनले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताए।

यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन्। इस्लाम धर्मावलम्बीहरुको पर्व ‘ईदउत्रफित्र’को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको छ।

चर्चामा

सम्बन्धित समाचार