डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै
२४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको बताएका छन्। रक्तचाप घटेर ७०/५० पुगेको चिकित्सकहरूको भनाइ छ। यस्तै केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या रहेको चिकित्सकहरूले बताएका छन्। डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा पनि […]