शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • मार्तडी–कोल्टि सडक सञ्चालनमा

मार्तडी–कोल्टि सडक सञ्चालनमा

  • बुधबार, अशोज २१, २०७७
मार्तडी–कोल्टि सडक सञ्चालनमा

बाजुरा– बर्षातका कारणले तिन महिना देखि अबरोध भएको मार्तडी–कोल्टि सडक बुधवार बाट सञ्चालनमा आएको छ । पानि कम भए सँगै सडक खुलाउन प्रयास भएपछि बुधवार बाट नियमित यातायात सञ्चालन भएको बडिमालिका नगरपालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् ।
असारको पहिलो साता अबरोध भएको सडक पानि कम भए सँगै काम शुरु गरेपछि सडक सञ्चालनमा आएको हो । बुढिनन्दा नगरपालिकाले आफ्नो क्षेत्रमा यो भन्दा पहिलानै सडक खुलाइसकेको थियो । बर्षातको समयमा पनि पाण्डुसेन देखी सेलकाटियाँ सग यातायात नियमित सञ्चालन भएको थियो ।
सडक सञ्चालन भएपछि उत्तरी क्षेत्रका स्थानिय तह हुम्ला र मुगुका बासिन्दालाई सहज भएको छ । दशै तिहार सँगै सडक सञ्चालन आउनुले दैनिक उपभोग्य सामान ढुवानीमा समेत सहजता भएको छ ।

चर्चामा

सम्बन्धित समाचार