शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

बाजुराको कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

  • शुक्रबार, अशोज १६, २०७७
बाजुराको कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

बाजुरा — बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उनकी ३ छोरी र १ छोरा रहेका छन ।
सुक्रबार दिउसोँ छोराछोरी समेत खोलामा नुहाउन गएका बेला छोराछोरी सहित आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन । बेपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोसी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेका प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन ।
के कती कारणले डुबेका हुन भन्ने बिषयमा बिस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही खोलामा करिव २ महिना अगाडी पनी १ बालिका बगेर बेपत्ता भएकी थिइन । सो खोलामा हरेक बर्ष ५/६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन । बेपत्ता भएका हरूकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार