शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • एकै दिन थपिए ३,४३९ कोरोना संक्रमित

एकै दिन थपिए ३,४३९ कोरोना संक्रमित

  • बुधबार, अशोज २१, २०७७
एकै दिन थपिए ३,४३९ कोरोना संक्रमित

काठमाडाै– पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ३४३९ जनालाई संक्रमण देखिएको जानकारी दिए। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा ११ सय २६ जना डिस्चार्ज भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार