शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • रोग पालेर बसेका दुई दाइभाई उपचार पछि सञ्चो भएर गाउँ फिर्ता

रोग पालेर बसेका दुई दाइभाई उपचार पछि सञ्चो भएर गाउँ फिर्ता

  • सोमवार, अशोज १९, २०७७
रोग पालेर बसेका दुई दाइभाई उपचार पछि सञ्चो भएर गाउँ फिर्ता

बाजुरा, १९ असोज–बाजुराको बुढिन्नदा नगरपालिका २ कोल्टि बस्ने रघु सार्कीका १६ बर्षका गोबिन्द्र सार्की र ११ बर्षका रामलाल सार्कीको काठमाडौमा उपचार पछि सञ्चो भएर गाउँ फिर्ता भएका छन् । ०७६ असारमा आर्थिक अभाबमा रोग पाल्दै गरेको समचार बडिमालिका खबरमा प्रकाशित भएपछि उद्धार गरेर काठमाडौमा उपचार शुरु भएको थियो ।
समचार प्रकाशित भएपछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान (NHEDF) काठमाडौले दुबै भाइलाई काठमाडौ ल्याएर २०७६ साउनमा उपचार शुरु गरेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । संस्थाले काठमाडौमा खान बस्न उपचारमा सम्पुर्ण सहयोग गरेको बस्नेतले वताएका छन् । त्यस्तै Joining hands for a change संस्थाले पनि उपचारमा सहयोग गरेको थियो । करिब १ बर्ष उपचार गरेर सञ्चो भएपछि दुबै भाइ गाउँ फिर्ता भएको बस्नेतले वताएका छन् ।
दुईभाइ रोग पालेर अलपत्र परेको समचार बडिमालिका खबरमा आइसकेपछि दुबै भाइलाइ उद्धार गरेर १ बर्ष सम्म उपचार गरयौ, अहिले ठिक भएको संस्थाले वताएका छन् । दुबैभाइलाई २० लाख भन्दा बढि खर्च भएको जनाएको छ । सञ्चो भइसकेपछि गोबिन्द्रले भने रोग लामो समय देखी रोग पालेर बसेका थियौ, गाँउमा अहिले काठमाडौमा आएर उपचार भएपछि अहिले सञ्चो भएको छ, हाम्रा लागि सहयोग गर्ने सबै भगवान रहेको वताए ।
समचार प्रकाशित भएपछि बिभिन्न ठाउँबाट सहयोग संकलन पनि भएको थियो । गोबिन्द्र सार्कीको नेपाल मेडिकल कलेजमा उपचार भएको थियो । उनको सर्जन, अर्थोपेटिक, छाला सम्बन्धि बिशेषज्ञ चिकित्सले उपचार गरेको थियो । रामलालकाे काठमाडौ मेडिकल कलजेमा उपचार गरेको सम्राट सिं बस्नेतले वताएका छन् ।
रामलाल सार्कीको Extrophy repair  surgery गरेको थियो । उसको ५ पटक सर्जरी गरेको थियो । चिकित्सका अनुसार चाडै उपचार नगरेको भए दुबै भाईको क्यान्सर हुने सम्भाबना रहेको वताएका छन् । गोबिन्द्रको परिवार आर्थिक अबस्था निकै कमजोर रहेकाे छ ।
गोबिन्द्रको दुबै खुट्टा संक्रमणले पिप जमेको थियाे भने रामलालको जन्मजात देखिनै रोगको शिकार बन्दै आएका थिए । उनका बुवा रघु सार्कीले अरुको हलो जोतेर परिवार पालिरहेका छन् । रघुले भने साहु महार्जनको हलो नजोते चुलोमा आगो बल्दैन । अभावका बाबजुद जेनतेन परिवार पालिरहेका छ, तर बच्चाहरुको उपचार गर्न सकेको छैन्, पत्रिकामा समचार आएपछि अहिले दुबै छोराको काठमाडौमा उपचार पछि सञ्चो भएको खुशी हुदै रघु सार्कीले वताए ।
कक्षा ६ मा अध्यनरत गोबिन्द्र र कक्षा १ मा अध्यनरत रामलाल बिद्यालय जान समेत मन मान्दैनन् थिए । शरिरमा गन्ध आउछ भनेर हेला गर्छन्, कोही त शरिरमै थुकि दिने गर्छन्, उनि बताउथे । हाँस्ने, खेल्ने र रमाइलो गर्ने उमेरमा विद्यालय र कक्षाकै साथीहरुबाट गोविन्द घृणा सहन बाध्य भएको दुखेसो पोख्छन् । कक्षामा साथीहरु कोही पनि आफ्नो नजिकैसमेत बस्न नचाहने भन्दै साथीहरुकै अपमान र हेलोहोचो सहनु पर्दा आत्म हत्याको सोच आउने गरेको उनले बताए । ‘गाउँमा, स्कुलमा मलाई देख्यो कि सबैले थुक्थे । अनि बाँचेर पनि के गर्नु जस्तो लाग्थ्यो । घाउको पीडा र साथीहरुको हेलाले बाँच्नै मन थिएन’ अब सञ्चो भएपछि खुशि हुदै घर फिर्ता भएकोा गोबिन्द्रले वताए ।

चर्चामा

सम्बन्धित समाचार