शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामीकार्तिकमा अागलागि बाट करीव एक लाखको क्षेति 

स्वामीकार्तिकमा अागलागि बाट करीव एक लाखको क्षेति 

  • मङ्लबार, अशोज २०, २०७७
स्वामीकार्तिकमा  अागलागि बाट करीव एक लाखको क्षेति 

बाजुरा — बाजुराको स्वामीकार्तिक खापर गाँउपालिका वडा नं तिन जोरुमा आज साँझ एक घरमा आगलागि भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ३ जोरुका स्थानिय जयलाल खत्रीको घरमा ंआगलागि हुदा घरको एक कोठामा क्षति भएको छ । आज साँझ भएको आगलागिबाट भाडाकुडा, अन्नपाता र लत्ताकपडा जलेर नष्ट हुदा करीव एक लाख वारावरको क्षेति भएको स्थानिय निराजन कट्टेलले जानकारी दिनुभयो । खत्रीको ४ बर्षिय छोरा विशाल खत्रीले हातमा लाइटर खेलाउने क्रममा खरको छानोमा आगो सल्केर चाखुडे थला आधारभुत विद्यालय नजिकै रहेको तीन तले घरको एक तलामा आगलागि भएको बताइएको छ । अहिले स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

चर्चामा

सम्बन्धित समाचार