शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी कोल्टी सडक भोलीदेखी संचालनमा आउदै

मार्तडी कोल्टी सडक भोलीदेखी संचालनमा आउदै

  • शनिबार, अशोज १७, २०७७
मार्तडी कोल्टी सडक भोलीदेखी संचालनमा आउदै

बाजुरा — बर्षायाममा लामो समयदेखी अबरुद्ध मार्तडी कोल्टी सडक भोलीदेखी संचालनमा आउने भएको छ । असारको पहिलो साताबाट अबरुद्ध भएको मार्तडी कोल्टी सडक अन्तरगत कोल्टीबाट बडिमालिका नगरपालिकाको ७ ढम्कनेसम्म एक साता अगडी संचालन भएको सडक मार्तडीबाट ढम्कने सम्मको सडक मर्मत कार्य अन्तीम चरणमा पुगेको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।
लामो समयदेखी अबरुद्ध सडक संचालनमा आए संगै जिल्लाको पुर्बीउत्तरी क्षेत्रका जनतालाई सहज हुने भएको वडाअध्यक्ष पाध्यायले बताएका छन । कोल्टी देखी ढम्कने सम्मको सडक बुढीनन्दा नगरपालिकाले मर्मत गरेको र मार्तडी देखी ढम्कने सम्मको सडक ठेकेदार कम्पनीहरुले मर्मत कार्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भाेलीदेखी मार्तडी देखी काेल्टी पिलुचाैर सडक पुर्णतया सुचारू हुने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार