शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा प्रहरीले ११ महिनामा ६० जना चोर पक्राउ, आजै ५ जना समातीए

बाजुरा प्रहरीले ११ महिनामा ६० जना चोर पक्राउ, आजै ५ जना समातीए

  • सोमवार, अशोज १९, २०७७
बाजुरा प्रहरीले ११ महिनामा ६० जना चोर पक्राउ, आजै ५ जना समातीए
फाइल तस्वीर

बाजुरा —  बाजुरा जिल्लामा जिल्ला प्रहरी कार्यालयले ११ महिनामा ६० जना चोरहरुलाई पक्राउ गरेको छ । जिल्लाका बिभिन्न ठाउँमा पसलका ढोका फुटाउने, ताला फोड्ने जुत्ता चोर लगायतका चोरहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सोमबार दिउसो मात्र ५ जना साना चोरहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिका वडा न ८ मा रहेको उद्धव रावलको पशल चोरी गर्न लागेको अबस्थामा दिउसै प्रहरीले ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढिगंगा नगरपालिका वडा न ३ बर्ष १५ का चेतराज बिक लगायत उनका ३ भाइ रहेका छन । उनिसंग ५ हजार ५ सय ५५ रुपैया नगद सहित २ क्वाटर रक्सी समेत बरामत गरिएको छ ।
त्यसै गरी बडिमालिका नगरपालिका वडा न ८ मै बडिमालिका ७ की भुमीका पण्डितको स्मार्ट मोबाइल चोरेका आरोपमा बडिमालिका नगरपालिका वडा न ८ का बर्ष १६ का योगेन्द्र रावल रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही वडा न ८ कै बर्ष १४ का किरण रावल जुत्ता चोरको आरोपमा पक्राउ परेको प्रहरीको भनाई रहेको छ ।
उनिहरु सबैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
११ महिनामा सबै भन्दा बढि बडिमालिका नगरपालिका वडा न ८ का बालबालिका र युवाहरु चोरीमा संग्लग्न रहेको बताएका छ ।

चर्चामा

सम्बन्धित समाचार