शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा बैकंको कर्मचारी भन्दै ठगी गर्ने १ जना पक्राउ

बाजुरामा बैकंको कर्मचारी भन्दै ठगी गर्ने १ जना पक्राउ

  • सोमवार, अशोज १९, २०७७
बाजुरामा बैकंको कर्मचारी भन्दै ठगी गर्ने १ जना पक्राउ
तस्बिर : जिल्ला प्रहरी कार्यालय बाजुरा

बाजुरा — बाजुरा जिल्लाका बिभिन्न ठाउँमा राष्ट्रिय बाणिज्य बैकको कर्मचारी हुँ भन्दै ठगी गर्दै हिड्ने १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बझाङ् साबिकको पाटादेवल गाबिस वडा न ४ कन देवराज थापा रहेका छन ।
थापाले बाजुराका केही स्थानीयहरुलाई बिना धितो रिण उपलब्ध गराईदिन्छु भन्दै ठगि गर्दै गरेको र केही दिन अगाडी त्यो खवर पाइसकेपछी जिल्ला प्रहरी कार्यालय बाजुराको पहलमा बझाङबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन । उनलाइ हिजो बझाङबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याएको र थप अनुसन्धन भइरहेको डिएसपी महराले बताएका छन ।
बुढिनन्दा नगरपालिका पाण्डुसैनकी १ महिलाको ३० हजार रुपैया ठगेको त्यसै गरी सदरमुकाम मार्तडीको बानीया होटलमा केही दिन बसेका र राष्ट्रिय बाण्ज्यि बैँकको कर्मचारी भन्दै भिआइपी कोठामा बसेको र खाना आएको ५६ हजार नतिरेको र बझाङ् छान्ना घर भएका ब्यापारी जगत रावत लाइ समेत ठगि गरेको गएको बुझीएको डिएसपी महराले बताएका छन । त्यस्तै धेरै मान्छेलाइ ठगेको हुन सक्ने आसङ्का गरिएको प्रहरी प्रमुख महाराले बताएका छन ।
उनले भने उनको बिषेश सुराकीका आधारमा बझाङबाट पक्राउ गरी ल्याएको र थप अनुसन्धन भइरहेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार