बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा बेलीबृज बगाएको ठाउँमा गाडी हिड्न बाटो बनाउन सुरु

बाजुरा बेलीबृज बगाएको ठाउँमा गाडी हिड्न बाटो बनाउन सुरु

केहि दिनमै साफेँ मार्तडी सडक संचालनमा ल्याउने तयारी : प्रशासन

  • मङ्लबार, अशोज २०, २०७७
बाजुरा बेलीबृज बगाएको ठाउँमा गाडी हिड्न बाटो बनाउन सुरु

बाजुरा —  बाजुरा जिल्लाको साफेँ मार्तडी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिकाको जडाङ्गाको बुढिगंगा नदिमा बाटो बनाउन सुरु गरिएको छ ।
बर्षाको समयमा खोलाको बहाफ संगै बाढिले बेलीबृज बगाउदा आवतजावतमा समेत समस्या भएको थियो भने यातायातका साधानहरु चल्न सकेका छैनन ।
केही दिन देखी बुढिगंगा नदिको पानीलाई वरपर फिँजाएर यातायात संचालनमा ल्यान सो काम भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सो खोलाको बाटो बने संगै सदरमुकाम मार्तडी सम्मको सडक संचालनमा आउने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । असारको २२ गते देखी अबरुद्ध साफेँ मार्तडी सडक केही दिनमै मार्तडी सम्मको यातायात सुचारु हुने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन ।
बर्षाको समयमा भत्कीएको सडक बनाईसकेको र त्यही बुढिगंगा नदिमा मात्रै बाकी रहेकोले अबको दुइदिनमा पुणर्तया सडक बनाएर यातायात सुचारु हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार