शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बुवा भेट्न अस्पताल गएका छोराको कोरोनाबाट मृत्यु

बुवा भेट्न अस्पताल गएका छोराको कोरोनाबाट मृत्यु

  • बुधबार, अशोज २१, २०७७
बुवा भेट्न अस्पताल गएका छोराको कोरोनाबाट मृत्यु

दमौलीः आफ्ना बिरामी बुवा भेट्न गएका भीमाद ६ का ७१ वर्षीय वृद्धको कोरोना संक्रमणबाट चितवनमा मृत्यु भएको छ । उनी ९८ वर्षीय बुवा भेट्न चितवन मेडिकल कलेज गएका थिए । त्यसक्रममा बुवा र भाइलाई कोरोना संक्रमण देखिएपछि वृद्धमा पनि संक्रमण भेटिएको थियो । भाइकै घरमा होम आइसोलेसन बसेका उनलाई गाह्रो भएपछि उपचारका लागि अस्पताल लैजाने तयारी भइरहँदा चिकित्सकले उनलाई मृत घोषणा गरिदिए।

उनका बुवा भने हाल राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत छन् । ती वृद्धको चितवनको देवघाटमा नेपाली सेनाले अन्त्येष्टि गरेको निकट आफन्तले जानकारी दिए । भीमाद नगरपालिकाका स्वास्थ्य प्रमुख मनराज बरालले आधिकारिक जानकारी आइ नपुगे पनि कोरोना संक्रमणबाट मृत्यु भएको परिवारले जानकारी दिएको बताए । ‘परिवारका सदस्यले संक्रमणबाट ज्यान गएको भने पछि हामीले उहाँलाई चितवन जाँदा प्रयोग गरेको सवारीका चालकबारे खोजी गरेका छौं,’ उनले भने । साभार अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार