बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा आज पनी थप दुई जना चोरीको आरोपमा पक्राउ

बाजुरामा आज पनी थप दुई जना चोरीको आरोपमा पक्राउ

  • मङ्लबार, अशोज २०, २०७७
बाजुरामा आज पनी थप दुई जना चोरीको आरोपमा पक्राउ

बाजुरा —  मंगलबार दिउसो थप दुई जना फुट्कर चोरहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिमालिका नगरपालिका वडा न ८ का भिम रावल र बुढिगंगा नगरपालिका वडा न ६ का गणेश जैशी रहेका छन । सदरमुकाम मार्तडीमा केही समय देखी पसल र चोरी गर्दै हिड्ने दुबै जनालाइ मंगलबार दिउसो समातेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बर्ष १६ का भिम रावल र बर्ष अन्ताजी १८/२० का गणेश जैशीले केही समय देखी मार्तडी बजारका बिभिन्न पशलहरुमा चोरी गर्नुका साथै घर बाहिर राखीएका जुत्ता चप्पल लुगा कपडाहरु चोर्दै आएकोले प्रहरीकाे बिषेश सुराकीका आधारमा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गणेश जैशी मालिका माबिममा ओभरसियरमा अध्यानरत रहेका र चोरीमा संलग्न भएका जनाएको छ । यसरी हेर्दा बाजुरामा हुने छुटपिट चोरीमा १५ देखी २० बर्ष उमेर समुहका बालबालिकाहरु धेरै रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङक रहेको छ ।
त्यसै गरी सोमबार दिउसो पनी बडिमालिका नगरपालिका वडा न ८ मा रहेको उद्धव रावलको पशल चोरी गर्न लागेको अबस्थामा दिउसै प्रहरीले ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढिगंगा नगरपालिका वडा न ३ बर्ष १५ का चेतराज बिक लगायत उनका ३ भाइ रहेका छन । उनिसंग ५ हजार ५ सय ५५ रुपैया नगद सहित २ क्वाटर रक्सी समेत बरामत गरिएको छ । त्यसै गरी बडिमालिका नगरपालिका वडा न ८ मै बडिमालिका ७ की भुमीका पण्डितको स्मार्ट मोबाइल चोरेका आरोपमा बडिमालिका नगरपालिका वडा न ८ का बर्ष १६ का योगेन्द्र रावल रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही वडा न ८ कै बर्ष १४ का किरण रावल जुत्ता चोरको आरोपमा पक्राउ परेको प्रहरीको भनाई रहेको छ ।
उनिहरु सबैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यो संंगै बाजुरामा जिल्लामा जिल्ला प्रहरी कार्यालयले ११ महिनामा ६४ जना चोरहरुलाई पक्राउ गरिसकेको जनाएको छ । जिल्लाका बिभिन्न ठाउँमा पसलका ढोका फुटाउने, ताला फोड्ने जुत्ता चोर लगायतका चोरहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
एघार महिनामा सबै भन्दा बढि बडिमालिका नगरपालिका वडा न ८ का बालबालिका र युवाहरु चोरीमा संग्लग्न रहेको बताएका छ ।

चर्चामा

सम्बन्धित समाचार