बाजुरामा १९ जना नगरपालिका प्रमुख र उपप्रमुख उम्मेदवारलाई जनही ४ लाख ५० हजार जरिवाना
बाजुरा — बाजुरा जिल्लामा ४ वटा नगरपालिका चुनाव लडेका १९ प्रमुख र उपप्रमुखका उम्मेदवारलाइ निर्वाचन आयोगले जरिवाना तोकेको छ । निर्वाचन आयोगमा खर्चको विवरण नबुझाएको भन्दै जनहि ४ लाख ५० हजार जरिवाना तोकेको छ । जरिवाना तिर्नेमा त्रिबेणी नगरपालिका निर्वाचित नगरप्रमुख कर्ण बहादुर थापा, प्रमुखका उम्मेदवार मोती सिंह बुढा, किसन बहादुर बिष्ट रहेका छन् । […]