शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • गौमुलमा मदिरा कार्डले ब्यबस्थित बन्दै मदिरा

गौमुलमा मदिरा कार्डले ब्यबस्थित बन्दै मदिरा

  • बिहिबार, अशोज ६, २०७९
गौमुलमा मदिरा कार्डले ब्यबस्थित बन्दै मदिरा

बाजुरा–बाजुराको गौमुल गाउँपालिकाले थालेको मदिरा व्यवस्थापनको काम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले मदिरा सेवनका लागि मदिरा सेवन कार्ड अनिवार्य गरेको छ ।
गाउँपालिकाले मदिरा सेवनका लागि कार्ड अनिवार्य गरेपछि पालिका भित्र मदिरा सेवन गर्ने र मनोमानि तरिकाले विक्रि वितरण गर्नेहरु घटेका गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताए ।
गाउँपालिकाले पालिका भित्र मदिरा सेवनकर्ताको हकमा अनिवार्य कार्ड बनाउनु पर्ने र सेवन गर्दा साथमा कार्ड अनिवार्य बोक्नु पर्ने प्रावधान ल्याएको छ । गाउँपालिकाले यस्तो नीति ल्याएपछि अहिले गौमुलमा मदिरा सेवनकै कारण अप्रिय घटनाहरु पनि घटेका छैनन् ।
पालिकाले मदिरालाई व्यवस्थित गर्न कानुन नै बनाएर लागु गरेपछि पछिल्लो ४ वर्ष यता महिला हिंसा, गाली बेइज्जती र आपसी विवादका घटनामा कमी आएको स्थानीयले सिता बुढथापाले बताउनु भयो । गाउँपालिकाले मदिरा कार्ड विना मदिरा सेवन गर्नेलाई पहिलोपटक २ हजार बढी जरिवाना लिने गरेको छ । मदिरा सेवन गर्न ५ सय तिरेर कार्ड लिनु पर्ने र प्रत्येक वर्ष नविकरण गर्नु पर्ने प्रावधान पनि राखेको छ ।
गाउँपालिकाको यस्तो नीतिले मदिरा सेवन गर्नेहरु घटेको गाउँपालिकाले मदिरा सेवन गर्नेहरुको सूची राख्न थालेपछि धेरै जसो कर्मचारी र शिक्षकले मदिरा सेवन गर्न छाडेका छन् । निति ल्याएको पहिलो वर्ष १ हजार ३ सय ५४ जनाले मदिरा सेवन कार्ड बनाएका थिए । ४ वर्षको अवधिमा घटेर २ सय ८३ जना जनाले मात्रै मदिरा सेवन कार्ड नविकरण गरेका छन् ।
पालिकामा मदिरा नियन्त्रण ऐन पारित पछि पालिकामा २८ वटा इजाजत प्राप्त मदिरा पसल संचालनमा रहेका छन् । त्यस्तै मदिरा कार्ड प्रयोग गरेर सेवन गर्ने ग्राहक २ सय ८३ जना रहेका छन् । पालिकाले मदिरा नियन्त्रण नियम लागु गरेपछि अहिलेसम्म ४ करोड ६८ हजार ७ सय ५० रुपैयाँ राजश्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले वताए ।
मदिरा सेवन कार्ड लागु भए पछि साँझ ६ देखि ९ बजेसम्म मदिरा पिउन पाईने निति ल्याएको छ । एक जनाले एक दिनमा १८० मिलिलिटर मात्र मदिरा पिउन पाउँछन् । यस्तो कार्ड पालिका भित्र प्रवेश गर्ने पाहुनाहरुले पनि लिनुपर्ने गाउँपालिकाले जनाएको छ ।
मदिरा पसल चलाउन पनि लाइसेन्स अनिवार्य गरिएको छ । हरेक पसलेको मदिरा सेवन कार्ड भएका ग्राहक हुन्छन् र उनीहरुले पिएको मदिराको रेकर्ड पसल सञ्चालकले राख्ने गरेका छन्् ।
मदिरा सेवनमा पूर्ण रोक लगाउने अवस्था नभएकाले कार्ड दिएर पालिकामा मदिरा व्यवस्थित गर्न खोजेको गाउँपालिका अध्यक्ष रोकायाले वताए । मदिरा सेवन कार्ड नभएका मानिसले मदिरा पिएको भेटिएमा पहिलो पटक दुई हजार र दोस्रो पटक ७ हजार जरिवाना समेत तोकिदिएको छ ।

चर्चामा

सम्बन्धित समाचार