मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • साँफे–मार्तडी सडक खोल्न सिडियो अधिकारीको निर्देशन

साँफे–मार्तडी सडक खोल्न सिडियो अधिकारीको निर्देशन

  • सोमवार, अशोज ३, २०७९
साँफे–मार्तडी सडक खोल्न सिडियो अधिकारीको निर्देशन

बाजुरा–बाजुराको साँफे–मार्तडी सडक सञ्चालन ल्याउन प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले सडक डिभिजन कार्यलय अछामलाई निर्देशन दिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी सहितको टिमले सडक अनुगमन गरेको थियो ।
सडक अनुगमन सँगै सडक डिभिजिन साँफे बगर अछामलाई सोमबार बाट सडक सञ्चालनको लागि काम गर्न निर्देशन दिएको साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले वताएका छन् । बिष्टले भने तत्काल भोलि देखी सडक खोल्न शुरु गर्न भनेका छौ, यदि वेवास्ता गरेमा थप प्रक्रियामा जाने बडिमालिका खबर सँग बताए ।
असार देखी साँफे मार्तडी सडक खण्ड अन्तर्गत बाजुराको अम्कोटमा सडक अबरोध भएको थियो । सडक बन्द हुदा बाजुराको सदरमुकाम मार्तडी, लगायत बाजुराको उत्तरी क्षेत्र, हुम्ला र मुगु जिल्लाका बासिन्दा सडक सञ्जाल बाट बिच्छेद भएका छन् ।
२०७६ साल देखी अबरोध हुदै आएको यो सडक यो बर्ष पनि बन्द भएको छ । २०७७ र २०७८ मा बर्षातको समयमा त्यहि ठाँउमा चार महिना सडक अबरोध भएको थियो । हिउँदको समयमा सडक बिभागले सडक बनाएपनि बर्षातमा पहिरोले सडक भासिएर सडक बन्द हुने गरेको बडिमालिका नगरपालिका नगरप्रमुख अम्मर बहादुर खड्काले वताएका छन् ।
सडक बन्द भएपछि सदरमुकाम मार्तडी लगायतका स्थानिय बजारमा दैनिक उपभोग्य सामानको मुल्य आकासिएको छ । अस्पताल बाजुरा बाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लिन निकै समस्या भएको छ । साँफे मार्तडी सडक खण्डको अम्कोटमा मात्र नभइ अन्य सडक पनि पहिरोको जोखिमा रहेको छ ।
बुढिगंगा नगरपालिकाको १ अम्कोटमा रहेको करिब १ किलोमिटर सडक उच्च जोखिममा रहेको सडक डिभिजन कार्यलय साँफे बगर अछामले जनाएको छ । चार बर्ष देखी बन्दै हुदै आएको सडकको बैकल्पिक बाटो नखोल्दा यो बर्षातमा सडक पुर्ण रुपमा बन्द भएको हो । अहिले अम्कोटमा अहिले ५ सय मिटर सडक पुर्ण रुपमा बन्द भएको छ ।
त्रिबेणी नगरपालिका ९ पैमाबाट आएको पहिरोले बुढिगंगा नदिलाई थुन्दै आएको छ । अर्को बाट पहिरो आएर नदि थुनिएपछि बुढिगंगा नगरपालिका १ को अम्कोटको भागमा कटान गरेपछि सडक भासिएको हो । २०७७ भदौ मा मात्र सडक भासिदा १ जनाको मृत्यु भएको थियो । बुढिगंगा नगरपालिका २ अम्कोटका सात परिवार बिस्थापित भएको स्थानिय दीपक खत्रीले बताए ।
चार बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको छ । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष बिकले वताएका छन् । साँफे बगर सडक डिभिजनका अनुसार सडक बिभाग सँग पहल गरिरहेको त्यसको दिर्घकालिन ब्यबस्थापनका लागि कतै बाट केही नभएको वताएको छ । भुुग्रब बिधि आएर पनि एकचरणमा अध्ययन गरिससकेको छ । त्यहि ठाँउमा सडक बनाएर ल्याउने हो भने ३ अरब पैसा चाहिने सडक बिभागले वताएको छ । त्यो क्षेत्र बर्षातमा पुर्ण रुपमा बन्द हुने भएपनि बैकल्पिक मार्ग खोल्नका लागि राज्यले बेवास्ता गरेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार