शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका सबै सडकमा चल्ने यातायातको नयाँ भाडादर तोकियो

बाजुराका सबै सडकमा चल्ने यातायातको नयाँ भाडादर तोकियो

  • बिहिबार, अशोज ६, २०७९
बाजुराका सबै सडकमा चल्ने यातायातको नयाँ भाडादर तोकियो

बाजुरा — जिल्लाका बिभिन्न सडकहरुमा चल्ने यातायताहरुका लागि नया भाडादर कायम गरिएको छ । सडकको स्तर हेरी सो क्षेत्रमा चल्ने यातायातहरुका लागि नँया भाडादर कायम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सो निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन ।
बिहिबार बसेको बैठकले पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपैँया कायम गरिएको छ । कच्ची सडकमा प्रति किलोमिटर १८ रुपैया र ग्राभेल सडकमा प्रतिकिलोमिटर १२ रुपैया भाडादर कायम गरि निणर्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताएका छन ।
त्यसै गरि पुर्वाधार बिकास कार्यालय अछामको मातहतमा रहेका निर्माणाधिन सडक बर्षातको समयमा अबरुद्ध भएको मार्तडी कोल्टी सडक एक हप्ता भित्र संचालनमा ल्याउन अनुरोध गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताएका छन । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारी प्रकाशचन्द अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमखहरु र स्थानिय तहका जन प्रतिधिनिधी यातायात ब्यबासायीहरुको उपस्थीती रहेको थियो ।
बैठकमा बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापा, त्रिबेणी नगरपालिका उप प्रमुख कमला कुमारी जैशी न्यौपाने र खप्तड छेडेदह गाउँपालिका उपाअध्यक्ष बिशु नाथ, यातायात ब्यबस्था कार्यालय डोटीका प्रतिनिधी चुडामणी पनेरु, पुर्वाधार बिकास कार्यालयका प्रतिनिधी मिनराज लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार