शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • अछाममा भालुको आक्रमण बाट एकजना गम्भिर घाइते

अछाममा भालुको आक्रमण बाट एकजना गम्भिर घाइते

पैसा नहुँदा उपचारमा समस्या

  • मङ्लबार, अशोज ४, २०७९
अछाममा भालुको आक्रमण बाट एकजना गम्भिर घाइते

बाजुरा–अछाममा भालुको आक्रमण बाट एक जना पुरुष गम्भिर घाइते भएका छन् । साँफेबगर नगरपालिका १२ तुकागाउँ बस्ने ५८ बर्षका प्रेम कडायत घाइते भएको वडा अध्यक्ष जनक बहादुर कडायतले वताएका छन् ।
सोमबार दिउँसो गाउँनजिकै जंगलमा बाख्रा घर ल्याउने क्रममा भालुको आक्रमण बाट गम्भिर घाइते भएका हुन् । उनलाई उपचारका लागि आफन्तले अछामको बयलपाटा अस्पतालमा लगेपनि त्यहाँ उपचार सम्भब नभएको भन्दै काठमाडौ रिफर गरेको छ ।
घाइते प्रेमको टाउको गम्भिर चोट लागेको छ । टाउँको छाला निकालेको र उनको उपचार यहाँ नहुने भन्दै काठमाडौ पठाएको बयलपाटा अस्पतालका कर्मचारी दिपक बिष्टले वताएका छन् । धनगढी नेपालगञ्ज उपचार सम्भब नहुने अस्पतालले जनाएको छ । घरको एक्लो सदस्य रहेका प्रेमको उपचारमा आर्थिक अभाब भएको छ ।
प्रेमको आमा बुवा श्रीमती छोरा छोरी कोही छैनन्, उनि बाख्रा पालेर जिविकोपार्जन गरिरहेका थिए । परिवारका एक्लो उनी भालुको आक्रमण बाट घाइते भएपछि उनलाई उपचारमा समस्या भएको वडा अध्यक्ष जनकले वताए । अछाम बाट जेनतेन गरेर काठमाडौ पठाउने तयारी गरिरहेका छौ, तर काठमाडौमा उपचार गर्ने पैसा नभएको वडा अध्यक्षले वताएका छन् ।
साँझपख गाउँनजिकै जंगलमा रहेका बाख्रालाई घर ल्याउने क्रममा एक्कासी भालुको आक्रमणमा परेका हुन् । आफन्तले प्रेमको उपचारमा सहयोग गर्न सबैलाई अपिल गरेका छन् । अछाम र बाजुरामा बर्षेनी भाुलको आक्रमण बाट घाइते हुने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार