शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • आफैलाइ मत नहाल्ने बुढिनन्दा नगरपालिका प्रमुखका उम्मेदवार रोकायालाइ ४ लाख ५० हजार जरीवाना

आफैलाइ मत नहाल्ने बुढिनन्दा नगरपालिका प्रमुखका उम्मेदवार रोकायालाइ ४ लाख ५० हजार जरीवाना

  • बुधबार, अशोज ५, २०७९
आफैलाइ मत नहाल्ने बुढिनन्दा नगरपालिका प्रमुखका उम्मेदवार रोकायालाइ ४ लाख ५० हजार जरीवाना

बाजुरा–बुढिनन्दा नगरपालिकामा नगर प्रमुखमा उम्मेदवारी दिएका बिर बहादुर रोकायाले एक मत पनी पाएनन् । उनले एक मत पनि नपाउँदा उनले आफुलाइ समेत मत नहालेको बुझिन्छ ।  निर्वाचन आयोगले खर्च विवरण नबुझाएको भन्दै ४ लाख ५० हजार जरिवाना तोकेको छ ।
नगरपालिका भरीको मतपरिणाममा उनले आफैलाई मतदान नगरेको पाईएको छ । उनि स्वतन्त्रबाट मेयरका उम्मेदवार बनेका थिए । उनले ब्याडम्यान्टनको कर्क चुनाव चिन्ह पाएर चुनावमा गएका थिए ।
स्थानिय तह निर्वाचन २०७९ मा उम्मेदवार भइ कानून बमोजिम निर्वाचन आयोगमा खर्चको बिवरण नबुझाएको भन्दै आयोगले जरिवाना तोकेको छ । खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले साउन ३१ गते ७ दिन भित्र स्पष्टीकरण पेश गर्न सुचना निकालेको थियो । समयअबधि भित्र स्पष्टीकरण आएपनि चित्तबुझदो नआएको र केहीले ढिलो पेस गरेको कसैले नगरेको हुदा आयोगले जरिवाना तोकेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम आयोगले निर्धारण गरेको खर्चको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम ४ लाख ५० हजार जरिवाना तोकेको हो ।
निर्वाचन कार्यलय बाजुराका सुचना अधिकारी बिशाल पुडासैनीका अनुसार आयोगले तिरेको जरीवाना अनिवार्य तिनुपर्ने रहेको छ । आयोगले तोकेको जरीवाना नतिरेमा कुनै पनि निर्वाचनमा राजनितिक दल वा स्वतन्त्र उम्मेदवार हुन नपाउने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार