शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • आज संविधान दिवस, बाजुरामा प्रभात फेरी

आज संविधान दिवस, बाजुरामा प्रभात फेरी

  • सोमवार, अशोज ३, २०७९
आज संविधान दिवस, बाजुरामा प्रभात फेरी

बाजुरा — संविधानसभाबाट संविधान जारी भएको ७ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइरहेका छन ।
दिवसका अवसरमा सोमबार संविधान दिवस मूल समारोह समिति बाजुराले बाजुरा सदरमुकाममा बाजागाजा सहित प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ ।

खुला मंचबाट सुरु भएको प्रभात फेरी कार्यक्रमम बजार परिक्रमा पछि खुलामंचमा बिषेश कार्यक्रमका बिच सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीको अध्यक्षतामा संचान भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए ।

कार्यक्रमा बडिमालिका नगरपालिकाका कार्यबाहक नगर प्रमुख धर्मराज पाध्याय, जिल्ला समन्वय उप प्रमुख लाछु सार्की, नेकपा एमालेका पार्टी सचिव भरत थापा, नेपाली काँग्रेसका गोपाल कार्की, सुरक्षा निकायका प्रमुख हरुको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।
संबिधान दिवसको अवसरमा साताब्यापी कार्यक्रम अन्तरगत आइतबार बिहान जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका मन्दिर परिसर वरिपरि राष्ट्रसेवक कर्मचारीले सरसफाइ गरेका थिए ।
संविधान दिवसको अवसर पारेर आइतबार बिहान प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको संयोजकत्वमा सरसफाइ गरिएको थियो । आईतबार दिउसो संबिधान दिवसकै अवसरमा मैत्रीपुणर् भलिवलको समेत आयोजना गरिएको थियो । राजनितक दल र कर्मचारी बिच भएको मैत्रीपुणर् खेलमा महिला र पुरुष दुबैको सहभागीता रहेको थियो । सो अवसरमा महिला र पुरुष भलिवलमा राजनितीक दलले नै हात पारेको छ ।
७ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजाति लगायत रुष्ट छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् ।
तथापि, केही मधेसवादी दलमा भने विरोधाभाष देखिएका भए पनि अहिले सत्तामै रहेका छन । संविधानको विरोध गरिरहेका उनीहरू यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार