शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बझाङ तलकोट गाउपालिका अध्यक्ष रोकायाको मनपरि भाषण (भिडियो सहित)

बझाङ तलकोट गाउपालिका अध्यक्ष रोकायाको मनपरि भाषण (भिडियो सहित)

  • बुधबार, अशोज ५, २०७९
बझाङ तलकोट गाउपालिका अध्यक्ष रोकायाको मनपरि भाषण (भिडियो सहित)

अर्थ जङ शाही/बझाङ– बझाङ तल्कोट गाउपालिकाका अध्यक्ष कलक बहादुर रोकायाले मनपरि‌ गरेर भाषण गरेको‌ सामाजिक सञ्जालमा भाइरल भएकाे छ । सुदूरपश्चिम प्रदेश सरकार ,सामाजिक विकास मन्त्रालय धनगढी कैलालीकाे आयाेजनामा संचालन भएकाे उक्त कार्यक्रममा बझाङका जयपृथ्वी नगरपालिकाका नगर प्रमुख मेयर चेतराज बजाल प्रमुख अतिथि रहनु भएकाे थियाे ।

उक्त बैठकमा बझाङ तल्कोट गाउपालिकाका अध्यक्ष कलक बहादुर रोकायाले मनपरि‌ गरेर भाषण गरेको‌ भनेर अहिले सामाजिक सञ्जालमा भिडियो भाइरल भएको छ। उनले भनेका छन-`म कहाँ बाट गाउँपालिका अध्यक्ष भएको हुउंला, मलाई गाउका मान्छेले राेजगारी दे भनेर आपत गरिसके,अब आफ्नो भत्ता बचाउछु, तलकोट गाउपालिकाको एउटा स्करपियो गाडी छ,त्यहीमै चढ्छु, निको कपडा लगाउछु मज्जाले होटलमा बस्छु ५ बर्ष कार्यकाल सिद्याउछु भनेर गाउँपालिका अध्यक्ष रोकायाले कार्यक्रममा भनेका छन्।

अध्यक्ष रोकायाको भाषण सुनेर यता मष्टा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा र जयपुथ्वी नगरपालिका मेयर चेत राज बजाल मुसुक्क हाँसेको भिडियोमा देख्न सकिन्छ।

https://www.facebook.com/watch/?v=881956936102837&ref=sharing

चर्चामा

सम्बन्धित समाचार